Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पूर्वअध्यक्ष राजभण्डारीलाई बुटवल उद्योग बाणिज्य संघमा सम्मान
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पूर्वअध्यक्ष राजभण्डारीलाई बुटवल उद्योग बाणिज्य संघमा सम्मान

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७६ · 0
पूर्वअध्यक्ष राजभण्डारीलाई बुटवल उद्योग बाणिज्य संघमा सम्मान
70
SHARES
ShareTweet


बुटवल, ११ फागुन
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा संघका पूर्व अध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गरिएको छ । संघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँलाई पूर्वमन्त्री तथा भारतकालागि पूर्वराजदुत दीपकुमार उपाध्यायले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
संघको स्थापना दिवसको अवसरमा संघका पूर्वअध्यक्षहरु मध्येबाट १ जनालाई सम्मान गर्नेगरी यो वर्षदेखि पूर्वअध्यक्षलाई सम्मानको कार्यक्रम सुरु गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो । सोही अनुसार ६७ औं स्थापना दिवसको अवसरमा संघका पूर्वअध्यक्ष राजभण्डारीलाई सम्मान गरिएको हो । बुटवल उद्योग बाणिज्य संघको २००९ फागुन १० गते स्थापना भएको थियो ।
संघको स्थापना दिवसको अवसरमा तीन दिन बिशेष कार्यक्रम गरि मनाएको बुटवल उद्योग बाणिज्य संघले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्त्री भवनमा ट्रष्ट निर्माणकालागि १६ लाख ७७ हजार २०३ रुपैंया प्रदान गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ, आम्दा नेपाल र बुटवल उपमहानगरपालिका बिच त्रिपक्षीय समझदारीमा स्थापित उक्त अस्पतालको महिला भवनमा ट्रष्ट निर्माणकालागि संघको तर्फबाट ६० प्रतिशत तथा नगरपालिका र आम्दा नेपालका तर्फबाट २०÷२० प्रतिशत लागत योगदान गर्ने सहमति भए अनुसार उक्त रकम अस्पतालका निमित्त निर्देशक डा. केशवराज शर्मालाई हस्तान्तरण गरिएको हो ।
त्यस्तैगरी सोही अस्पतालमा फोहोर व्यबस्थापनकालागि १० थान डष्टविन प्रदान गरिएको थियो । त्यस्तै बुटवल माध्यमिक बिद्यालयकालागि ८ थान सिलिङ् पंखा र बिद्यार्थीको खाजा खर्चकालागि नगद १० हजार रुपैंया बिद्यालयका प्रधानाध्यापक अकराह मुल्लाह खानलाई हस्तान्तरण गरिएको छ । त्यस्तै मानव सेवा आश्रम बुटवललाई ४ थान सिलिङ् पंखा प्रदान गरिएको थियो । उक्त पंखा आश्रमकी संयोजक सरु अधिकारीलाई हस्तान्तरण गरिएको हो । सोही अवसरमा संघको व्यबसायि हितकोषबाट पसलमा आगलागिबाट क्षती भएकोले संघका सदस्य व्यबसायी सिखा सर्जिकल एण्ड साईन्स हाउस बुटवल र एस बुटवल आउस बुटवललाई जनही १ लाख रुपैंया राहत रकम प्रदान गरिएको संघका कोषाध्यक्ष बिमलराज भट्टराईले जानकारी गराउनु भयो ।

≪ Previous Post

पेट्रोलियम डिलर एशोसिएसन अध्ययन अवलोकन भ्रमणमा

Next Post ≫

अन्तर्राष्ट्रिय दातृनिकायकोे दवावले नीजि क्षेत्र चेपुवामा : पुर्वमन्त्री उपाध्याय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क