Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम डिलर एशोसिएसन अध्ययन अवलोकन भ्रमणमा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम डिलर एशोसिएसन अध्ययन अवलोकन भ्रमणमा

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0
पेट्रोलियम डिलर एशोसिएसन अध्ययन अवलोकन भ्रमणमा
60
SHARES
ShareTweet

भ्रमणको उद्देश्य लुम्विनी भ्रमण बर्षको प्रचारप्रसार



बुटवल, १० फागुन । नेपाल आयल निगम संग समन्वय, सहकार्य र एकता कायम गर्दै पेट्रोलियम ब्यवसायीहरुको हक हित तथा उपभोक्ताको अधिकार र हितका क्षेत्रमा काम गर्दै आईरहेको पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसिएसनले सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउंदै आएको छ ।
यस क्षेत्रमा हुने विभिन्न सामाजिक कार्य, दैविक प्रकोप, धार्मिक तथा मानविय हितका लागि हुने प्राय सबै क्षेत्र तथा कार्यहरुमा एशोसिएसनले सक्रिय सहभागिता संगै गच्छे अनुसार आर्थिक सहयोग समेत गर्दै आएको छ ।
सहजता, शुद्धता र पारदर्शिता, नेपाल आयल निगमको प्रतिवद्धता भन्ने नारा र उद्देश्यलाई आत्मसाथ गर्दै ब्यवसायिक कारोवार र उपभोक्ताको मागलाई सम्वोधन गर्दै आईरहेको एशोसिएसनले सरकार तथा अन्य सरकारी निकायले आयोजना तथा घोषणा गरेका कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउने गरेको एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले बताउनु भयो ।
यसै सन्दर्भमा ५ नं. प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ र नेपाल सरकारको भ्रमण बर्ष –२०२० लाई सफल बनाउने र यसको प्रचारप्रसार गर्ने तथा पुर्वी जिल्लाका पेट्रोलियम ब्यवसायीहरुसंग छलफल तथा भेटघाट गर्ने उद्देश्यले एशोसिएसनले बुटवल पुर्व दोलखा जिल्लासम्मको भ्रमण कार्यक्रम तय गरेको एशोसिएसनका बरिष्ठ उपाध्यक्ष एबं केन्द्रिय सदस्य हिमाल गैरेले जानकारी गरानु भयो ।
भोली आईतबार विहान एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेको नेतृत्वमा २५ जनाको टोली पुर्वी जिल्लाको भ्रमणमा जांदैछ । टोलीले विच बाटोमा पर्ने नवलपरासी, चितवन, धादिङ्ग, काठमाण्डौ, काभ्रे र दोलखा जिल्लाका पेट्रोलियम ब्यवसायीहरुसंग समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले बताउनु भयो । यसका साथै प्रदेश सरकारले घोषणा गरेको लुम्विनी भ्रमण बर्षको प्रचारप्रसार र सो क्षेत्रका ब्यवसायी र सर्वसाधारणलाई लुम्विनी संगै ५ नं. प्रदेशका पर्यटकिय क्षेत्रको भ्रमणका लागि आमन्त्रण गरिने एशोसिएसनका कोषाध्यक्ष बिशाल गैरेले बताउनु भयो ।
सन् २०१८ मा लुमिवनीमा आन्तरिक पर्यटकको संख्यामा ६ प्रतिशतले कमी आएकोले लुम्बिनीमा पर्यटक बढाउन प्रदेश सरकारले घोषणा गरेको लुम्विनी भ्रमण वर्षलाई सफल वनाउने भ्रमणको मुख्य उद्देश्य रहेको महासचिव हरिराम कसौधनले वताउनु भयो । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र त्यसलाई सहयोग पुग्ने गरी प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेकाले त्यसलाई सफल पार्नु सबैको दायित्व र कर्तब्य भएकाले त्यसैलाई आत्मसाथ गरेर एशोसिएसनले यो कार्यक्रम तय गरेको महासचिव कसौधनले जानकारी गराउनु भयो ।
यस्ता कार्यक्रम मार्फत लुमिवनीमा आन्तरिक पर्यटकहरुको आगमनलाई बढाउन सकिए बाह्य पर्यटक भित्र्याउनमा समेत टेवा पुग्ने अपेक्षा एशोसिएसनको छ ।
फागुन ११ देखि १४ गते सम्मको यात्राको क्रममा एशोसिएसनको टोलीले विशेष गरी एशासिएसनको टोलीले नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल कालिञ्चोक भगवती र भिमेश्वर मन्दिरको पनि दर्शन गर्ने छ ।


सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा ३८४२ मिटरको उचाईमा अवस्थित यो मन्दिर हिन्दूहरूको लागि प्रसिद्ध तीर्थ स्थल हो । जनैपुर्णीमा, दशैं र चैते दशैंमा भक्तजनको भिड लाग्ने यो कालिञ्चोक मन्दिर चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा अवस्थित छ । दोलखा बजारमा अवस्थित भिमेश्वर मन्दिर पनि ऐतिहासिक मन्दिर हो ।

≪ Previous Post

ईञ्जिनियरिङ्का बिद्यार्थीले तयार गरेका प्रविधि प्रदर्शनका लागि लेक एक्स्पो

Next Post ≫

पूर्वअध्यक्ष राजभण्डारीलाई बुटवल उद्योग बाणिज्य संघमा सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क