Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ईञ्जिनियरिङ्का बिद्यार्थीले तयार गरेका प्रविधि प्रदर्शनका लागि लेक एक्स्पो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ईञ्जिनियरिङ्का बिद्यार्थीले तयार गरेका प्रविधि प्रदर्शनका लागि लेक एक्स्पो

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0
ईञ्जिनियरिङ्का बिद्यार्थीले तयार गरेका प्रविधि प्रदर्शनका लागि लेक एक्स्पो
90
SHARES
ShareTweet

बुटवल, १० फागुन । रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी ईञ्जिनियरिङ् कलजमा सोमबारदेखि दुई दिने ‘लेक एक्स्पो’ हुने भएको छ । शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुले २००५२ सालमा स्थापना गरिएको लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा प्रत्येक २ वर्षमा एक्स्पो सञ्चालन गर्दै आएको छ ।

कलेजमा अध्ययनरत बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका दृष्टिले महत्वपूर्ण मानिएको एक्स्पोलाई बिद्यार्थीले के सिके र के जाने भन्ने जाँच्ने कडिका रुपमा समेत लिईएको कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताउनु भयो ।

दुई दिनसम्म सञ्चालन गरिने एक्स्पोमा सिभिल, कम्प्युटर र ईलेक्ट्रिकल ईञ्जिनियरिङ् विभागका बिद्यार्थीहरुले तयार गरेका ५० प्रोजेक्टहरु राखिने छ । जसमा सिभिलका २२, कम्प्युटरका ९ र ईलेक्ट्रिकलका १९ प्रोजेक्टहरु एक्स्पोमा समावेश गरिएको कलेजका प्राचार्य ईञ्जिनियर शिवराज बरालले बताउनु भयो ।

जसमा रोवोर्ट, ब्रिज (पुल), नदिमा कसरी पुल जोड्ने, हाईड्रो, घरभित्र भएका उपकरणहरुलाई बाहिरबाट कसरी कन्ट्रोल गर्ने जस्ता प्रविधिहरु रहेका उहाँले बताउनु भयो । यी सबै प्राजेक्ट सोही कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुले तयार गरेका हुन् । यो कार्यक्रमले बिद्यार्थीमा थप उत्प्रेरणा र हौसला बृद्धि हुने कलेजका डेपुटी डाईरेक्टर नारायण ढकालले बताउनु भयो ।

दुई दिनसम्म सञ्चालन गरिने एक्स्पोमा उच्च शिक्षा अध्ययनरत बिद्यार्थीलाई बढी उपयोगी हुने र कम्तिमा ३ हजार बिद्यार्थीले अवलोकन गर्ने आकलन गरिएको कलेजका भाईस प्रिन्सीपल नारायण ढकालले बताउनु भयो । एक्स्पोको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको र एक्स्पोमा अवलोकन गरेर त्यसबाट फाईदा लिनका लागि कलेजले सबैलाई आह्वान गरेको छ

≪ Previous Post

प्रगतिशील पत्रकार संघको बैशाखमा राष्ट्रिय सम्मेलन हुने

Next Post ≫

पेट्रोलियम डिलर एशोसिएसन अध्ययन अवलोकन भ्रमणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क