बुटवल, १० फागुन
प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जीएम अध्यक्ष रहेको सम्मेलन आयोजक समिति गठन गरेको छ ।
शनिबार संघका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्मेलन आयोजक समिति गठन गरेको हो ।
बैठकले १९ सदस्यीय रहेको समिति गठन गरेको छ । संघको बैठकले पुरानो समिति भंग गरी उदय जिएमको अध्यक्षतामा श्यामलाल पोखरेल सचिव र बिनोद पौडेल कोषाध्यक्ष रहनुभएको सम्मेलन आयोजक समिति गठन गरेको हो ।
लामो समय दाङबाट पत्रकारिता गर्नुभएका जीएम हाल काठमाडौंबाट सञ्चालित दैनिक अनलाइनको प्रधान सम्पादक हुनुहुन्छ ।
सम्मेलन आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउंले, माधव भाट, प्रज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरी, विद्यानाथ अधिकारी, गोपाल बराइली, श्याम घिमिरे, प्रकाश थापा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, भाषा शर्मा, शुक्र भण्डारी र जुमानसिंह केसी रहनुभएको छ ।
आगामी चैत ६ गते काठमाडौंमा बस्ने बैठकले तेस्रो राष्ट्रिय सम्मेलनको मिति र स्थान तयगर्ने सचिव श्यामलाल पोखरेलले शनिबार विज्ञप्ती जारी गरी जानकारी गराउनु भएको छ ।
