Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्थापना दिवसमा आम्दा अस्पतालका बिरामीलाई सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थापना दिवसमा आम्दा अस्पतालका बिरामीलाई सहयोग

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0
स्थापना दिवसमा आम्दा अस्पतालका बिरामीलाई सहयोग
60
SHARES
ShareTweet

बुटवल, १० फागुन
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको स्थापना दिवसमा अस्पतालमा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको छ । संघको ६७ औं स्थापना दिवसको अवसर पारेर संघ अन्तरगत गठित महिला उद्यमी समितिले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको हो ।
सहयोग वितरण कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा आम्दा अस्पताल सञ्चालक समितिका उपाध्यक्ष खिमबहादुर हमालले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायितव बहन गर्दै स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।
संघको स्थापना दिवसकै अवसरमा संघको सचिवालय परिसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको थियो भने शनिबार आम्दा अस्पतालमा बिरामीलाई फलफूल तथा डाईपर वितरण गरिएको हो ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा आम्दा अस्पतालका सञ्चालक जीवनप्रसाद वझाले स्थापना दिवसको अवसरमा सानो भएपनि सहयोग गरिएको बताउँदै सहयोगलाई टिका र प्रसादको रुपमा लिन आग्रह गर्नुभयो । बुटवल उद्योग बाणिज्य संघ, आम्दा नेपाल र बुटवल उपमहानगरपालिकाले त्रिपक्षीय समझदारीमा २०५५ सालमा सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना भएको स्मरण गर्दै उहाँले अस्पताल स्थापनाकालदेखि नै अस्पतालको बिकासमा उद्योग बाणिज्य संघले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो ।
त्यस्तैगरी आम्दा अस्पतालका निमित्त निर्देशक केशवराज शर्माले अस्पतालका बिरामीलाई सहयोग प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको याचना गर्नुभयो । उहाँले अस्पतालको स्थापना कालदेखि नै बुटवल उद्योग बाणिज्य संघको ठूलो सहयोग रहेको औंल्याउँदै आगामी दिनमा संघ तथा उद्योगी व्यबसायीहरुलाई अस्पतालको बिकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।
उक्त कार्यक्रमका लागि संघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाल, जगानाथ न्यौपानेले डाईपर सहयोग गर्नुभएको थियो भने बस्तुगत समितिका उपाध्यक्ष बिनोद निरौलाले टिस्युपेपर प्रदान गर्नुभएकोको समितिकी अध्यक्ष नमकला वेलवासेले जानकारी गराउनु भयो ।
अस्पतालमा सहयोग वितरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्य तथा स्थापना दिवस बिशेष कार्यक्रमका संयोजक प्रकाशकुमार श्रेष्ठ, कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाल, बिभिन्न बस्तुगत समितिका सभापतिहरु, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
संघको स्थापना दिवसको अवसरमा शनिवार साँझ संघको सचिवालयमा दीपावली र आईतबार संघको सभाहलमा व्यबसायिक समस्याका बिषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको छ ।

≪ Previous Post

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमा पुनः चौहान

Next Post ≫

प्रहरीको काम राज्यका नीति र नियमबाट हुन्छ: समादेशक रेग्मी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क