Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रितिक रानालाई लन टेनिस प्रतियोगिताको उपाधि
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रितिक रानालाई लन टेनिस प्रतियोगिताको उपाधि

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७६ · 0
रितिक रानालाई लन टेनिस प्रतियोगिताको उपाधि
60
SHARES
ShareTweet


बुटवल, ९ फागुन । बुटवलमा सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि रितिक रानाले जितेका छन् । मेन्स सिंगलको शुक्रबार भएको फाईनलमा प्रणव खनाललाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि हात पारेका हुन् । उपाधिसंगै राना नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । उपविजेता खनालले नगद २५ हजार, कप र मेडलमा चित्त बुझाए ।
वोमेन्स सिंगलतर्फको उपाधि शसस्त्र प्रहरी बल एपिएफका सलोनी तामाङले हात पारेकी छिन् । सलोनीले विहिबार भएको फाईनल खेलमा काठमाण्डौकी प्रकृति श्रेष्ठलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन् । उपाधिसंगै सलोनी नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भइन् । उपविजेता श्रेष्ठले नगद २५ हजार, कप र मेडल प्राप्त गरेकि छिन् ।
प्रतियोगितामा भगवती बि क र ईन्द्रकला श्रेष्ठ तेस्रो भएका छन् । यसैगरि ३५ बर्ष माथिको उपाधि कमल भण्डारीले जितेका छन् । भण्डारीले फाईनलमा राजु श्रेष्ठलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भएका हुन् । ४५ बर्ष उमेर समूह माथिको खेलको उपाधि चन्द्र शाहीले जितेका छन् । चन्द्रले बिमल गुरुङलाई ६–४, ६–४ को सोझो सेटमा पाखा लगाउदै उपाधि चुमेका हुन् ।
प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, नेपाल लन टेनिस संघका केन्द्रिय अध्यक्ष ज्योती राणा, संघका अध्यक्ष सन्जय श्रेष्ठ, सचिव गोपाल ज्ञवालीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा विभागिय टिमसहित काठमाण्डौ, पोखरा, विराटनगर र बुटवलका १ सय बढी राष्ट्रिय र स्थानिय खेलाडीहरुले विभिन्न विधामा उपाधिका लागि प्रतिस्प्रधा गरेका थिए ।
त्यसैगरि पुरुष एकल ३५ वर्ष माथिको प्रथमलाई ३० हजार, ४५ वर्ष माथिको प्रथमलाई २५ हजार र ५५ वर्ष माथिको प्रथमलाई १५ हजार पुरस्कार प्रदान गरिने छ । त्यस्तै पुरुष डवल तर्फको उपाधि विजेता, ३५ वर्ष र ४५ वर्ष माथि उमेर समूुहको उपाधि विजेतालाई समान नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैयाँ लाग्ने अनुमान आयोजकको छ ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवस

Next Post ≫

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क