Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0
आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने
80
SHARES
ShareTweet


बुटवल, ९ फागुन । आज शनिबार पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ । मौसमविद्का अनुसार हाल देशभर आँशिक देखि सामान्य वदलीको अवस्था छ भने पुर्वी तथा पश्चिमी भू भागका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।
मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने छ । हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।
हाल देशमा पश्चिमी न्युन चापिय प्रणाली रहेकाले आज दिउँसो पुर्वी भू भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू भागमा आँशिक देखि सामान्य वदली रही बाँकी भू भागमा आँशिक वदली रहने मौसमविद् नगरकोटीले वताउनु भयो । यस्तै पुर्वी पहाडी भू भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले वताएका छन् । आज राती भने पहाडी भेगमा आँशिक वदली रही बाँकी भेगको मौसम सफा रहने छ ।
भोली भोलि आइतबार अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ भने पश्चिमी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को अनुमान छ । राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ भने पश्चिमी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
१२ गते सोमबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने र मध्य तथा पुर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले पर्सी सोमबारदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद् नगरकोटीको अनुमान छ ।

≪ Previous Post

रितिक रानालाई लन टेनिस प्रतियोगिताको उपाधि

Next Post ≫

एमसिसी बाइवल होइन परिमार्जन सहित अनुमोदन हुन्छ : प्रचण्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क