भैरहवा, ८ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली अबैध रुपमा नेपाल ल्याउदै गरेको ८० हजार बढि मूल्यका दैनिक उपभोग्य लगायत विभिन्न सामान बरामद गरेको छ ।
बुधबार राति ९ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वार्ड नं. २ मेउडिहवाबाट अबैधरुपमा नेपाल ल्याउदै गरेको चिनी, प्याज, लसुन, कपडा, प्लाष्टिकको गिलास, पानी तान्ने मोटर, सिसाको गिलास, फईबरको गिलास सहित विभिन्न खाद्यान्न लगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद भएको सामानको ८० हजार ३५२ रुपैयाँ मूल्य कायम गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खडकबहादुर खत्रीले जानकारी गराउनु भयो ।

