Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सामाजिक न्याय दिवसमा नागरिक समाजको अन्तरक्रिया
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामाजिक न्याय दिवसमा नागरिक समाजको अन्तरक्रिया

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0
सामाजिक न्याय दिवसमा नागरिक समाजको अन्तरक्रिया
60
SHARES
ShareTweet


तिलोत्तमा, ८ फागुन । सामाजिक न्याय दिवसको अवसरमा रूपन्देही नागरिक समाज, तिलोत्तमा नगरसमितिले “सामाजिक न्याय” विषयक अन्तरक्रिया कार्यक्रम आज (विहीबार) भलवारीमा सम्पन्न गरेको छ ।
समाजका नगरसमिति अध्यक्ष ईश्वरीप्रसाद पाण्डेको अध्यक्षता र तिलोत्तमा–७ का वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेको आतिथ्यमा भएको कार्यक्रममा सामाजिक न्यायका विषयमा विज्ञहरूले प्रस्तुत गरेका कार्यपत्रमाथि सहभागिले छलफल गर्दैै सामाजिक न्यायलाई सबैको विषय बनाउँदै आफ्नो तहबाट लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एवम् प्रदेश नम्बर –५ प्रहरी तालिम केन्द्र बुटवलका समादेशक डा. गणेश रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न घटनाहरूमा नेपाल प्रहरीको अनुसन्धान अत्यन्त सफल भएको तथ्यांक प्रस्तुत गर्नुभयो । साथै, उहाँले समाजमा भैरहने नराम्रा घटना सामाजिक पहलबाट मात्र न्यूनीकरण गर्न सकिने भन्दै प्रहरीलाई असल नागरिकले साथीको व्यवहार दर्शाइरहन आग्रह गर्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता माधवप्रसाद घिमिरेले समाजमा रहेका सबै मानिसले सबै मानिसलाई कल्याण हुने काम गर्नु सामाजिक न्याय हुने उल्लेख गर्नुभयो । यदि कसैको काम वा व्यवहारबाट अरूलाई चोट पुग्दछ भने त्यहाँ सामाजिक अन्याय हुने र त्यस्तो अवस्थामा न्याय गर्न सरकारको पहुँच हुनुपर्ने बताउनुभएको थियो ।
समाजका सचिव सीता पौडेलको सञ्चालन जिल्ला सल्लाहकार राजेन्द्रप्रसाद सुवेदीको स्वागतमा भएको अन्तरक्रियामा हेमराज पौडेल, विष्णुप्रसाद रेग्मी, डिलबहादुर खत्री लगायतले कार्यपत्रमाथि जिज्ञासा राख्नुभएको थियो ।

≪ Previous Post

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रवार ३ खेलको फाईनल

Next Post ≫

अबैध सामान बरामद गरी भन्सार चलान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क