Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रवार ३ खेलको फाईनल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रवार ३ खेलको फाईनल

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0
तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रवार ३ खेलको फाईनल
100
SHARES
ShareTweet

बुटवल ८, फागुन तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको चौथौ दिन विभिन्न विद्याका फाईनल खेलहरु सम्पन्न भएका छन । वोमन्स सिगलतर्फको खेलमा सलोनी तामाङले काठमाण्डौकी प्रकृति श्रेष्ठलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन । प्रतियोगितामा भगवती बिक र ईन्द्रकला श्रेष्ठ तेस्रो भए । यसैगरि ५५ वर्ष सिगलको उपाधि काठमाण्डौका बिमल गुरुङले चुमेका छन । उनले फाईनलमा पोखराका राजु गुरुङलाई ६–३, ६–० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारे । यसैगरि मेन्स डबल्सतर्फ सन्तोष खत्री र प्रदिप खड्काको जोडीले उपाधि चुमेका छन । फाईनल खेलमा नबिन मगर र प्रवण खनालको जोडीलाई सन्तोष खत्री र प्रदिप खडकाको जोडीले ६–७, ७–५, १०–७ को सेटमा पाखा लगाउदै उपाधि चुमेका हुन । यसैगरि ३५ वर्ष उमेर समुहको डबल्सको उपाधि कमल भण्डारी र चन्द्र शाहीको जोडीले चुमेका छन । कमल भण्डारी र चन्द्र शाहीको जोडीले फाईनल खेलमा राजु श्रेष्ठ र दुर्गा केसीको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।
यसैगरि ४५ वर्ष उमेर समुहको डबल्सको उपाधिका लागि गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले उपाधि चुमेको छ । फाईनलमा मनोज राना र शिव सेढाईको जोडीलाई ६–३, ३–६, १०–७ को सेटमा पराजित गर्दै गोपी भट्टाराई र धर्मसिह लामिछानेको जोडी विजयी भएका हुन ।
शुक्रबार बाकी रहेका ३ विद्याका फाईनल खेलहरु हुने छन । मेन्स सिगलतर्फको उपाधिका लागि रितिक राना र नेपाल आर्मीका प्रणव खनालले फाईनल खेल्ने छन । बुटवलका रितिक रानाले काठमाण्डौका सन्तोष खत्रीलाई ६–२, ६–३ को सेट तथा नेपाल आर्मीका प्रणव खनालले पोखराका नबिन मगरलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन । यसैगरि ३५ वर्ष प्लस उमेर समुहको उपाधीका लागि कमल भण्डारीले राजु श्रेष्ठ तथा ५५ वर्ष उमेर डबल्सको उपाधिका लागि राजु गुरुङ र बसन्त प्रधानको जोडीले मनोज राना र धु्रव गुरुङको जोडीको सामना गर्ने छन ।

≪ Previous Post

विद्युत महशुल बृद्धि प्रति तिलोत्तमा उद्योग वाणिज्य संघको ध्यानाकर्षण

Next Post ≫

सामाजिक न्याय दिवसमा नागरिक समाजको अन्तरक्रिया

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क