Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा र मुसिकोट बीच भगिनी सम्बन्ध स्थापित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा र मुसिकोट बीच भगिनी सम्बन्ध स्थापित

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0
तिलोत्तमा र मुसिकोट बीच भगिनी सम्बन्ध स्थापित
70
SHARES
ShareTweet


बुटवल ८ फागुन
रुपन्देहीको तिलोत्तमा नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सामाजिक तथा आर्थिक विकास—निर्माणका असल अभ्यास र सामाजिक, सांस्कृतिक अनुभवको आदानप्रदान गर्नेगरी दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो । मुसिकोटको वामीटक्सारमा आयोजित एक कार्यक्रमबीच दुवै नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटाले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
नयाँ दुवै नगरपालिकाका लागि यो पहिलो भगिनी सम्बन्ध हो । यसबाट मुसिकोटको कृषि र तिलोत्तमाको औद्योगिक उत्पादन बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने ठानिएको छ । तीव्र शहरीकरण भैरहेको तिलोत्तमामा मुसिकोट र आसपासका पालिकाबाट बसाइसरी जानेको उच्च चाप छ । भगिनी सम्बन्ध कायमले दुवै नगरपालिकाका बासिन्दाबीच जनस्तरबाट थप भातृत्व र भावानात्मक सम्बन्ध कायम हुने जनप्रतिनिधिहरुको विश्वास छ ।
मुसिकोट नगरपालिकाले भगिनी सम्बन्ध कायमका लागि तिलोत्तमालाई गत मंसिर २६ गते औपचारिक पत्र पठाएकोमा तिलोत्तमा कार्यपालिकाले यससम्बन्धी निर्णय पुस १० गते गरेको थियो । दुवै कार्यपालिकाको निर्णयअनुसार तिलोत्तमाको टोली वामीटक्सार पुगेर औपचारिक रुपमा भगिनी सम्बन्ध कायम भएको हो ।
कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा र मुसिकोटबीच धेरै हिसाबले सामिप्यता रहेकोले जनस्तरबाट कायम हुनेगरी भगिनी सम्बन्ध स्थापित गरिएको बताउनुभयो । भगिनी सम्बन्ध अनन्तसम्म रहने उल्लेख गर्दै उहाँले अनुभव आदानप्रदानका हिसाबले तिलोत्तमा र मुसिकोटबीच प्रगाढ सम्बन्ध रहने विश्वास व्यक्त गर्नुभयो ।
मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटाले कृषि उत्पादनको बजारीकरणमा मुसिकोटले तिलोत्तमाको साथ खोजेको बताउनुभयो । उहाँले मुसिकोट पृष्ठभूमि भएकाहरुको ठूलो हिस्सा तिलोत्तमामा रहेकोले मुसिकोटको आर्थिक तथा सामाजिक विकासमा उनीहरुको भूमिकालाई भगिनी सम्बन्धले सहज बनाउने उल्लेख गर्नुभयो ।
तिलोत्तमा उपप्रमुख जागेश्वरी चौधरीले दुई नगरपालिकाबीचको असल अभ्यासका अनुभवले दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुसिकोट उपप्रमुख कमला शर्मा गौतमले मुसिकोट र तिलोत्तमा गाउँ—वेशी रहेको चर्चा गर्दै आपसी सम्बन्ध बलियो बनाउन भगिनी सम्बन्ध कोशेढुंगा सावित हुने बताउनुभयो ।
त्यसअवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाका सचिव लक्ष्मण खनाल, नेकपा मुसिकोटका नेता जीवन खरेल, नेपाली काँग्रेस मुसिकोटका नेता झविलाल भण्डारी, तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, मुसिकोटका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारी, तिलोत्तमाका प्रवक्ता सुरेन्द्र श्री, मुसिकोट वडा नं. ८ का वडाध्यक्ष नारायण प्रसाद सापकोटालगायतले बोल्नुभएको थियो ।

≪ Previous Post

सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा

Next Post ≫

प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी: मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क