Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी: मुख्यमन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी: मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0
प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी: मुख्यमन्त्री पोखरेल
70
SHARES
ShareTweet

एकताको महाधिवेशन वनाउनुपर्छ :अध्यक्ष सिक्देल


बुटवल ८ फागुन
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई पुरानो संरचना अनुसार आञ्चलिक मनोबिज्ञानवाट मुक्त गर्नु पर्ने बताउनु भयो ।
प्रदेश पाँच साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका जिल्लाहरु मिलेर बनेको प्रदेश हो । उहाँले अझैपनि पुरानो संरचना अनुसार नै मनस्थिती कायम रहेकाले यसलाई चिर्नु अहिलेको चुनौती रहेको बताउनु भयो । ‘अब हामी एक भन्ने खालको मनस्थिती बनाउनु पर्छ भन्ने लाग्छ ।’ उहाँले भन्नुभयो–‘त्यसमा तपाईहरुबाट पनि ठूलो सहयोगको अपेक्षा गरेको छु ।’
नेपाल प्रेस युनियनको आगामी चैत २१ र २२ मा नेपालगञ्जमा हुन लागेको नवौं राष्ट्रिय महाधिवेशनको बारेमा जानकारी सहित र निमन्त्रण गर्न पुगेको प्रेस युनियनको टोलीलाई बुटवल स्थित मुख्यमन्त्री निवासमा स्वागत गर्दै प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी भईरहेको पनि जानकारी गराउनु भयो ।
उहाँले भन्नुभयो–प्रदेशको स्थायी राजधानीकालागि हामीले भर्जिनल्याण्डको खोजी गरिरहेका छौं, यो राजनीतिक बिषयपनि भएकाले जहाँ होला हुन्छ ।’ उहाँले संघसंस्थाहरुको महाधिवेशन काठमाण्डौमै गर्ने परम्परालाई तोडेर बाहिर गर्ने निर्णय स्रहानीय भएको बताउँदै प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले युनियनको केन्द्रीय महाधिवेशन यहि प्रदेशमा गर्ने कुरा प्रदेशका हिसावले पनि गौरवको बिषय भएको बताउँदै महाधिवेशनको समयमा शान्ति सुरक्षा लगायतका कुराहरु सकारात्मक वातावरण बनाईदिन मुख्यमन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो । त्यस्तैगरी अध्यक्ष सिग्देलले प्रदेश अहिले कानुन निर्माणकै क्रममा रहेकाले मिडिया मैत्री कानुन बनाईदिन समेत आग्रह गर्नुभएको थियो ।
उहाँले प्रेस युनियनका महाधिवेशनमा नेपालगञ्जमा २ हजार पत्रकार सहभागि हुने भएकाले प्रदेशको पर्यटन प्रवद्र्धनका हिसावले समेत कार्यक्रमलाई सदुपयोग गर्न मुख्यमन्त्री पोखरेललाई आग्रह गर्नुभयो ।
त्यसैगरी महाधिवेशन सम्पन्न गर्नकालागि युनियनका केन्द्रीय अध्यक्ष सिक्देल, उपमहासचिव तथा स्थानीय व्यबस्थापन समितिका संयोजक प्रेम केसी सहित आएको टोलीले बिहिबार रुपन्देही युनियनको कार्यसमिति, सल्लाहकार, अग्रज तथा छिमेकी जिल्लाका प्रतिनीधिहरुसंग महाधिवेशनका बिषयमा छलफल गरेको छ ।
छलफलका क्रममा सहभागिहरुले महाधिवेशनको मिति तोकेर तयारी गरेकामा धन्यवाद ज्ञापन गर्र्दै जिल्लाहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस क्रममा महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नकालागि टोलीले सुझाव समेत लिएको थियो । बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सिग्देलले महाधिवेशन सम्पन्न गर्ने दायित्व नेतृत्वको मात्रै नभएर सबै सदस्यहरुको भएको बताउँदै सबैलाई आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।उहाँले अधिवेशनवाट नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन गरि पार्टीलाई एकताको सन्देश दिन जरुरी रहेको पनि बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमा र मुसिकोट बीच भगिनी सम्बन्ध स्थापित

Next Post ≫

विद्युत महशुल बृद्धि प्रति तिलोत्तमा उद्योग वाणिज्य संघको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क