बुटवल, २६ माघ । लाईफ एजुकेशन बुटवलको आयोजनामा बुटवलमा संगीत सहितको वृहत ह्याप्पिनेश सेमिनार गरिएको छ । विशेषत युवावर्गमा सकारात्मक सोचको विकास गराउदै उनीहरुमा खुसी रहने क्षमताको विकास गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मोटिभेसनल स्पिकर तथा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड्काले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल जेसीजका कानुनी सल्लाहकार राजेन्द्र घिमिरेले युवामा समकारात्मक सोचको विकास गराउदै खुसी जीवन जीउने तरिका सिकाउनु निकै सान्दर्भिक रहेको बताउनुभयो ।
लाईफ एजुकेशनका प्रबन्ध निर्देशक तेजराज थापाले अहिले युवावर्गमा महत्वकाँक्षासँगै निराशा पनि बढेको भन्दै त्यसबाट उनीलाई बचाउन र खुसी राख्न आवश्यक रहेको बताउनुभयो ।
संगम खड्काको सञ्चालनमा भएको कार्यक्रममा एम्स कलेजका प्रमुख दिपक ढकाल, बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरी लगायतले शुभकाना दिनुभएको थियो ।
कार्यक्रममा कलाकारहरु अजय कार्की, अभिषेक गौतम, किरण विश्वकर्मा लगायतले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा सृष्टि रायमाझीको धन्यवाद मन्तव्य राख्नुभएको थियो भने सहभागीहरुले आफ्नो अनुभव सुनाएका थिए ।