Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बौद्ध कला, साहित्य महोत्सवमा बौद्ध कला, संस्कृतिको प्रवद्र्धनमा जोड
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बौद्ध कला, साहित्य महोत्सवमा बौद्ध कला, संस्कृतिको प्रवद्र्धनमा जोड

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0
बौद्ध कला, साहित्य महोत्सवमा बौद्ध कला, संस्कृतिको प्रवद्र्धनमा जोड
90
SHARES
ShareTweet

मोन्लाम पुजा सोमबार सकिदै



बुटवल, २६ माघ । बौद्ध कला र संस्कृतिलाई समुदायसंग जोडेर लैजानुपर्ने बौद्ध विद्धानहरुले बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र प्रदेश ५ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जारी बौद्ध कला, संस्कृति तथा साहित्य महोत्सवको तेस्रो दिन भएको विचार गोष्ठीमा बोल्दै विज्ञहरुले समुदायमा बौद्ध शिक्षाको पालना भएमात्रै यसको सार्थकता हुने जिकिर गरे ।
बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम क्षेत्र आसपासमा बौद्ध शिक्षाको प्रयोगात्मक अभ्यास आवश्यक रहेको भन्दै उनीहरुले त्यसका लागि विद्यालय तहकै शिक्षाबाट बुद्ध शिक्षा लागू गर्नुपर्ने बताए । आइतबार भएको बौद्ध संस्कृति, दर्शन र नागरिक समुदाय प्यानल छलफलमा बोल्दै वक्ताहरुले बौद्ध दर्शनको मसिनो अध्ययन आम नेपाली समुदायबाटै आवश्यक रहेको बताए । बौद्ध कला र संस्कृतिलाई आम समुदायबीच पुराउनुपर्नेमा सबैको जोड थियो ।
बौद्ध कला र संस्कृति विशेषगरी काठमाण्डौंका बज्रयानीहरुमा मात्रै सीमित रहेको भन्दै यसको विश्वव्यापीकरण आवश्यक रहेको उनीहरुले बताए । कला र संस्कृतिको विश्वव्यापीकरणले बौद्ध धर्म र दर्शनको महत्व झन बढ्दै जाने विज्ञहरुले विश्वास व्यक्त गरे ।
बौद्ध संस्कृति, दर्शन र नागरिक समाजको विषयमा बोल्दै पूर्व सभामुख दमनाथ ढुंगानाले बौद्धका शिक्षालाई समुदायमा प्रयोगात्मक रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । बुद्धका सन्देशले विश्वव्यापी शान्तिको सन्देश प्रवाह गरेको भन्दै उहांले त्यसलाई अझै गहिरो तरिकाले कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।
काठमाण्डौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. सुरेशराज शर्माले बौद्ध संस्कृति र दर्शनलाई नागरिक समुदायसंग जोड्न आवश्यक रहेको बताउनु भयो । मुलुकमा यसका कतिपय अभ्यास भइरहेको र यसलाई अझ भन्दै व्यापक बनाउन जरुरी रहेको बताउदै उहांले बौद्ध दर्शन र संस्कृतिलाई मुलुकको आथिर्क विकाससंग जोड्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
त्यस्तै विज्ञ प्रा. डा. प्रेम कसजुले बौद्ध संस्कृतिको विकासक्रम र यसको प्रभावका विषयलाई प्रष्ट्याउदै संस्कृतिको विकासक्रमले मुलुकलाई बलियो बनाएको बताउनु भयो ।
त्यस्तै बौद्ध अध्ययन विषयको प्यानल छलफलमा बौद्ध कलाको विश्वव्यापी क्षेत्रका विषयमा बोल्दै आदर्श भट्टराईले कलाको क्षेत्र असिमित रहेको बताउनु भयो । कलाले नै एकअर्का क्षेत्रलाई नजिक बनाउन सक्ने भन्दै बौद्ध संस्कृतिमा कला महत्वपूर्ण रहेको उहांको भनाई थियो ।
अर्का विज्ञ डा. बद्री पोखरेलले बुद्धकी माता मायादेवीको सपनाको विषयमा आफ्ना बिचार प्रस्तुत गर्नुभयो भने डा. केशरबहादुर भण्डारी, सञ्जय शाक्य, उर्मिला ताम्राकारले बौद्ध दर्शनका बिभिन्न पाटाहरु केलाउनु भयो ।
महोत्सव अन्तर्गत कला र साहित्यतर्फका कार्यक्रम भव्य रुपमा सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले जानकारी दिनुभयो ।
महोत्सवकै सांस्कृतिक कार्यक्रम मोन्लाम पुजा भने सोमबार सकिदैछ । शनिबारबाट लुम्बिनीमा शुरु भएको महोत्सवमा करिव ४ हजार सहभागि भएको विश्वविद्यालयले जनाएको छ । बौद्ध कला, संस्कृतिको प्रदर्शन र मोन्लाम पुजा महोत्सवका आकर्षण थिए । दुई दिन भएको विचार गोष्ठीमा बिभिन्न १६ विद्धानहरुले बिबिध विषयमा छलफल गरेका छन् । यो कार्यक्रमले लुम्बिनी क्षेत्रमा बौद्ध संस्कृतिको विकास र पर्यटन प्रवद्र्धन एवं भ्रमण वर्षलाई सघाउ पुगेको विश्वास गरिएको छ ।
विश्वविद्यालयले कला महोत्सव तिलौराकोट, रामग्राम र देवदहमा गर्ने योजना बनाएको छ । चारै पवित्र धाममा बौद्ध संस्कृतिको गतिबिधि बढाउनका लागि महोत्सव गर्ने योजना बनाइएको हो ।

≪ Previous Post

मानव सेवा आश्रमको महायज्ञमा तीन करोड बढी संकलन

Next Post ≫

लाईफ एजुकेशनले ग¥यो ह्याप्पिनेश सेमिनार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क