Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मानव सेवा आश्रमको महायज्ञमा तीन करोड बढी संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव सेवा आश्रमको महायज्ञमा तीन करोड बढी संकलन

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0
मानव सेवा आश्रमको महायज्ञमा तीन करोड बढी संकलन
80
SHARES
ShareTweet


बुटवल, २६ माघ । मानव सेवा आश्रमले बुटवलमा सञ्चालन गरेको महायज्ञमा छैठौं दिनसम्म तीनकरोड रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । महायज्ञको छैठौं दिन आइतबार मात्रै एक करोड रुपैयाँ भन्दा बढी दान संकलन भएको महायज्ञकी आर्थिक संकलन समितिकी सह–संयोजक रुपा कार्की भण्डारीले जानकारी दिनुभयो ।
महायज्ञको पाँचौ दिनसम्म करिब दुई करोड रुपैयाँ संकलन भएको महायज्ञ आयोजक मूल समिति संयोजक लोकनाथ भुसालले जानकारी दिनुभयो । बुटवल सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटको उत्तरतर्फ खुला चौरमा सञ्चालित महायज्ञको अवधि सकिन लाग्दा दान गर्ने दानवीरहरुको संख्या बढ्दै गएको महायज्ञका सह–संयोजक लेखबहादुर कार्कीले बताउनुभयो ।
मानव सेवा आश्रमको प्रदेशस्तरीय चारतले भवन बनाउन र अक्षयकोष स्थापनाका लागि आयोजित महायज्ञमा कथावाचक भागवत भाष्कर कमलनयन गौतमले संगीतमय कथावाचन गरिरहनुभएको छ । महायज्ञमा कलाकारहरुले विभिन्न धार्मिक झाँकी, गीत, नृत्य र नाटकमार्फत मनोरन्जन प्रदान गरेका छन् । संगीतमय भजनमा नाच्ने र रमाउनेको बाक्लो उपस्थिति महायज्ञमा हुने गरेको छ ।
प्रदेश ५ लाई सडक मानवमुक्त बनाई दुईसय जना बेसहारा र असहाय व्यक्तिलाई राखेर पालनपोषण गर्न भवन बनाउने मानव सेवा आश्रमको लक्ष्य छ । माघको २७ गतेसम्म सञ्चालन गरिने महायज्ञमा लक्ष्य अनुसार आर्थिक संकलन हुनेमा आफूहरु विश्वस्त रहेको महायज्ञ मूल समितिका सचिव गुनाराम घिमरले बताउनुभयो । मानव सेवा आश्रमको भवन बनाउन बुटवलको हिलपार्क परिसरमा जग्गाको व्यवस्थापन भइसकेको छ । भवन बनाउन प्रदेश सरकारले २५ लाख वजेट विनियोजन गरेको र बांकी रकम जुटाउन महायज्ञ गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । महायज्ञको अवधि थप्न भक्तजनहरुले माग गरेपनि अझै निर्णय भइनसकेको महायज्ञका महासचिव माधव नेपालले बताउनुभयो ।

≪ Previous Post

अबैध सामान वरामद गरी भन्सार चलान

Next Post ≫

बौद्ध कला, साहित्य महोत्सवमा बौद्ध कला, संस्कृतिको प्रवद्र्धनमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क