Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुद्धको सन्देशवाट विश्वमा नेपालको पहिचान
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुद्धको सन्देशवाट विश्वमा नेपालको पहिचान

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0
बुद्धको सन्देशवाट विश्वमा नेपालको पहिचान
50
SHARES
ShareTweet

बुटवल २६ माघ
गौतम बुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरुले औल्याएका छन् ।
भारतवर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपाललको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरुको भनाई रहेका छ ।
बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश कैयौ शताब्धि पूर्व नै छिमेकी चीन सहितका मुलुकमा विस्तार भएको विज्ञहरुले दाबि गरेका छन् । लुम्बिनीमा जारी बौद्ध कला, संस्कृति एवं साहित्य महोत्सवमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले् बुद्धको शान्ति सन्देशले नेपालको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरेका छन ।
सो अवसरमा बोल्दै पूर्व शिक्षामन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितले बुद्ध शिक्षाले शान्ति सन्देश प्रवाहमात्रै नभई समुन्नत समाज निर्माणको दिशानिर्देश गरेको बताउनु भयो । बौद्धकालीन समयमा रहेको जातीय विभेदको कटुआलोचक बुद्धका उपदेशबाटै विश्वलाई विभेदबाट मुक्त गर्न सकिने उहाँले बताउनु भयो ।
‘बुद्धले अछुत जातकी चन्डालिकाले बोकेको पानी पिएर त्यसबारेमा उपदेश दिनुभएको थियो, समाज सुधारको त्यो निकै क्रान्तिकारी काम हो, अहिले त्यो सन्देशलाई अनुशरण गर्न आवश्यक छ, उहाँको कथन थियोे ।
प्राज्ञ गोपिरमण उपाध्यायले बौद्ध दर्शन र त्यसको विस्तारका विषयमा कार्यपत्र प्रस्तुत गर्दै कैयन धर्मअनुयायीहरुले विश्वका कुनाकुनामा बौद्ध दर्शनको विस्तार गरेको बताउनु भयो । ‘दर्शनलाई सामाजसंग जोडेर विश्वलेषण र अनुसन्धान भइरहेको छ, यसले बौद्ध दर्शनको विस्तारमा महत्वपूर्ण योगदान पुराउछ, उहााले जोड दिनु भयो ।
चीनका लागि नेपाली पूर्व राजदूत टंक कार्कीले नेपाललाई विश्वमा चिनाउन धर्म नै पहिलो अस्त्र भएको बताउनु भयो । ‘चिनको पूरानो राजधानी सियानमा बौद्ध धर्मको विस्तारसंगै नेपालको विषयमा चिनिया शासकले थाहा पाएका थिए, उहाँले भन्नु भयोे,‘नेपालको सबैभन्दा पहिलो कुटनीति भनेकै बौद्ध धर्म थियो ।’ भृकुटी जस्ता नेपाली नारीका कारण चीनसंगको कुटनीतिमा नेपालको सहयोग भएको हो ।
अर्का पूर्वराजदूत खगनाथ अधिकारीले नेपालको पर्यटनको प्रमुख आधार भनेको बौद्ध धर्म भएको बताउनु भयो । धर्मकै माध्यमले विश्वमा मुलुकले कुटनीति सम्बन्ध राख्न सक्ने भन्दै धर्म र कुटनीति एकअर्काका पर्याय भएको बताए । बौद्ध धर्मको कुटनीतिबाटै पर्यटनमा टेवा पुराउन सकिने उनले बताउनु भयो ।
‘थाइल्याण्डका कैयौ नागरिकहरु सिधै नेपाल घुम्न आउन चाहान्छन् तर स्तरीय सेवा सहितको हवाई पुहच छैन, जसकारण भारत हुदै नेपाल आउने पर्यटकको बाध्यता हो, उहाँले भन्नु भयो बौद्ध पर्यटक नेपाल भित्र्याउन भैरहवा नै आउन सक्ने गरी हवाई रुट तय गर्नुपर्छ ।’ वरिष्ट पत्रकार डा. कुन्दन अर्यालले शान्तिवादी सञ्चारका लागि बुद्धका सन्देश महत्वपूर्ण रहेको बताउनु भयो । अहिंसावादी सन्देशको उद्गम थलो नेपाल भएकाले त्यसको प्रर्वद्धनमा काम गर्नुपर्ने उनको भनाई छ । पत्रकारितामा समेत अहिंसावादी विचारहरु प्रकट गर्नका लागि बौद्ध दर्शनको प्रभाव हुनुपर्ने उहाँको भनाई रहेको थियो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा त्रिरत्न मानन्धरले बौद्ध दर्शन र विश्व शान्तिको विषयमा कार्यपत्र प्रस्तुत गर्दै शान्ति सिन्द्धान्तलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताउनु भयो । लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान प्रमुख प्रा.डा. गितु गिरीले प्रदेश ५ का पर्यटन उद्योगको सम्भावनाका वारेमा प्रकास पार्नु भएको थियो ।
पुरातत्व विद् कोष प्रसाद आचार्यले तिलौराकोट उत्खनन् र भविष्यका चुनौतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । अर्का पुरातत्वविद बसन्त बिडारीले प्राचिन तक्षशिला विश्वविद्यालयको महत्वको विषयमा कर्यपत्र प्रस्तुत गर्नु भयो । प्याब्सनका दामोदर भुसालले मूल्यमा आधारित आजको शिक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो् ।
शनिबारबाट मोन्लाम पुजा समेत शुरु भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले जानकारी दिनु भयो । महोत्सवको अन्तिम दिन आइतबार पूर्व सभामुख दमनाथ ढुंगाना, प्रोफेसर सुरेशराज शर्मा, डा. प्रेम कसजुले बौद्ध कला, दर्शन र नागरिक समुदायको विषयमा छलफल शुरु भएको छ ।

≪ Previous Post

हात नमिलाएर नमस्कार गर्न तिलोत्तमा चेम्बरको आग्रह

Next Post ≫

अबैध सामान वरामद गरी भन्सार चलान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क