तिलोत्तमा, २६ माघ ।
चीनबाट फैलिएको कोरोना भाईरसलाई लिएर तिलोत्तमा चेम्बर अफ कमर्शले सर्वसाधारणलाई हात नमिलाउन आग्रह गरेको छ ।
कोरोना भाईरस सरुवा रोग भएकोले यसले महामारी निम्त्याउन सक्ने भन्दै चेम्बरले यस्तो आग्रह गरेको हो । तिलोत्तमा चेम्बर अफ कमर्शको बैठकले सम्पुर्ण उद्योगी व्यवसायीहरु लगायत आम नेपालीहरुलाई भेटघाटको क्रममा “नमस्कार“ गर्न तर हात नमिलाउन आग्रह गरेको अध्यक्ष जेपि कंडेलले बताउनुभयो । हात नमिलाएर नमस्कार गर्ने परिपाटीले विभिन्न सरुवा रोग लाग्नबाट बच्न सकिने ठकर पनि तिलोत्तमा चेम्बर अफ कमर्शले गरेको छ ।
