Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0
शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन
50
SHARES
ShareTweet

प्रदेश राजधानीका लागि रुपन्देहीको विकल्प नसोच्न नेता खाँणको चेतावनी



बुटवल ।
रुपन्देहीको शुद्धोधन जेसीजको प्रथम अधिवेशनवाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन समारोह विशेष समारोहका बीच सम्पन्न गरिएको छ ।
पदस्थापन समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पुर्व मन्त्री बालकृष्ण खांणले जेसीजले अगिंकार गरेको विधी र नेतृत्व विकास शैली राजनैतिक दलहरुले अपनाउन जरुरी रहेको बताउनु भयो ।
उहाँले सरकार संविधान प्रतिकुल अगाडी बढेको आरोप लगाउदै चिनिया शैलीको कम्युनिष्ट शासन नेपालमा ल्याउन खोजेको समेत बताउनु भएको छ ।
नेता खाणँले रुपन्देही र बुटवल हरेक हिसावले सम्पन्न रहेको र प्रदेश राजधानीका लागि आवश्यक पुर्वाधार भएकाले यसको विकल्प नभएको दावि गर्नु भयो । रुपन्देही बुद्ध जन्म स्थल पनि हो यहाँ भौतिक ,सामाजिक साँस्कृतिक, आर्थिक र पुर्वाधार,तथा अन्तराष्टिृय विमान स्थल लगायतका सवै आवश्यक संरचना भएकाले प्रदेशको राजधानी अन्य स्थानमा रोज्नु खोज्नु गलत हुने बताउनु भयो ।
पदस्थापन समारोहमा वर्ष २०१९ का अध्यक्ष रमेश खनालले वर्ष २० का अध्यक्ष चुरामणि डुमे्रलाई आफनो पद प्रदान गर्नु भएो हो । जेसीजको कार्यकारी उपाधयक्षमा धनराज कडेल, जुना खाम्चा, कानुनी सल्लाहकारमा रामजी पौडेल, भीपीमा अजय मल्ल , रमेश गौतम , राहुल खनाल , पल्टन चौधरी , महासचिवमा सीमा भटृराई, कोषध्यक्षमा मुकेश कुवर, सह कोषाध्यक्षमा राकेश मल्ल र सह सचिवमा महेन्द्र गौतम चयन हुनु भएको निर्वाचन समितिका गोविन्द पंगेनीले बताउनु भयो । पदस्थापन समारोहमा प्रदेश सभा सदस्य पुष्पा थरुनी , तुल्सी प्रसाद चौधरी शुद्धोधन गाउपालिकाका अध्यक्ष किशन चन्द चौधरी लगायतले वोल्दै जेसीजको अनुशरण गर्नु पर्नेमा जोड दिर्नु भएको थियो ।

नेपाल प्रेस युनियन रुपन्देहीको भेटघाट तथा बनभोज


यस अघि नेपाल प्रेस युनियन रुपन्देहीले तिलोत्तमा नगरपालिका स्थित बनबाटिकामा आयोजना गरेको भेटघाट तथा बनभोज कार्यक्रममा बोल्दै नेता खांणले लोकतान्त्रिक मुल्यमान्यतासंगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागिपर्ने जोकोही आफै सिद्धिने बताउनुभयो । निरंकुश ढंगले जनताका अधिकार बन्चित गराउन सरकार अघि बढेकाले यसको प्रतिवाद गर्न कांग्रेस लागिपर्ने बताउनुभयो । उहाले भन्नुभयो जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणाशासन र निर्दलीय पन्चायती व्यवस्था नै जाने थिएन । उहाले निरंकुश पद्धती देशमा आउन नसक्ने बताउनुभयो । लोकतानित्रक मुल्यमान्यता रक्षाका लागि कांग्रेस लागिपर्ने उहाँले बताउनुभयो ।

खांणले यसका विरुद्ध नेपाली कांग्रेसले हदैसम्म प्रतिवाद गर्ने बताउनुभयो ।सचेतक खांणले नेपाल धान फल्ने हिलो खेतमा आलु रोपेसरह भएको बताउनुभयो । अहिलेको सरकार आउनुमा कांग्रेस पार्टीको पनि केही कमजोरी भएको भन्दै उनले अप्राकृतिक सरकारको शासन रहेकाले जनताको परिक्षण असफल भएको जनाउनुभयो ।
फरक प्रसंगमा नेता खांणले देशका उद्योगी व्यवसायी उत्साहित भएर लगानी गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्र उकालो लाग्नुपर्ने अवस्थामा सम्झौता गरेर व्यवसाय संचालन गरेका व्यवसायीलाई हटाएर सरकारले असहिष्णुता देखाएको बताउनुभयो। सर्वोच्चको आदेश जारी भइसक्दासमेत पत्र हातमा आउनुअघि नै लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काएर सरकारले कठोरता देखाएको भन्दै जति कठोर र आक्रामक भएर सरकार हिंड्छ, त्यती नै असफल हुने दाबी गर्नुभयो । रेखा भुसालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न माग

Next Post ≫

हात नमिलाएर नमस्कार गर्न तिलोत्तमा चेम्बरको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क