Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न माग

संसारपोस्ट संवाददाता · २४ माघ २०७६ · 0
सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न माग
60
SHARES
ShareTweet


बुटवल, २४ माघ । असंगठित क्षेत्रका मजदुरहरुको हितका लागि सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न सरोकारवालाले सरकारसंग माग गरेका छन् । सामाजिक र आर्थिक रुपमा अहिलेपनि मजदुर वर्गको अवस्था कमजोर रहेकाले श्रमिकहरुको पक्षमा तत्काल सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुले बताए ।
नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ काउन बुटवलको शुक्रबार सम्पन्न नवौ वार्षिक परिषद्मा बोल्ने मजदुर अगुवाहरुले मजदुरहरुको अवस्था दयनीय रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघका केन्द्रिय अध्यक्ष जेवी गुरुङले सामाजिक सुरक्षा कार्यक्रम लक्षित वर्गसम्म नपुगेको बताउनु भयो । सरकारले मजदुर वर्गको पक्षमा सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न नसकेकाले सधैभर काम गरेर खाने वर्ग सामाजिक र आर्थिक रुपमा अपहेलित हुनु परेको बताउनुभयो ।
उहांले काम गरेर खाने श्रमिक वर्गका समस्यालाई सम्बोधन गर्नुको विकल्प नभएको र त्यसका लागि राज्य, सरकारले नयां नीनि नियम ल्याउन आवश्यक रहेको बताउनु भयो ।
काउनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले समाजले मजदुर वर्गलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन नसकेकोप्रति चिन्ता गर्नुभयो । काउनका केन्द्रिय सदस्य नारायण सुनारले असंगठित क्षेत्रका मजदुरहरुले विरामी हुंदा र दुर्घटनामा परेको बेलामा पनि उपचार गर्न नसकेर ज्यान गुमाउनु परेको अवस्था कायमै रहेको बताउनु भयो ।
कार्यक्रममा काउन रुपन्देही अध्यक्ष बिरबहादुर लामा, टे«ड युनियन कांगे्रसका प्रदेश उपाध्यक्ष कृष्णप्रसाद बेलवासे, पत्रकार खिमानन्द भघ्घराई, टे«ड युनियन काँग्रेस रुपन्देहीका उपाध्यक्ष सफातुल्ला रजा, सचिव हिमबहादुर केसी, टायल मार्वल श्रमिक संघका अध्यक्ष रामिलन भर, नाई संघका अध्यक्ष उमेश ठाकुर, काउन रुपन्देहीका सल्लाहकार सोम थापा, काउन बुटवलका महिला उपाध्यक्ष भागमनी चौधरी, बुटवल रक्तसञ्चार केन्द्रका अध्यक्ष दलबहादुर थापा, सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि नारायण बस्याललगायतले बोल्नु भएको थियो ।
काउन बुटवलका अध्यक्ष सूर्यदेव दासको अध्यक्षता र तिलबहादुर हिस्कीको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष कृष्ण भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने मुद्दा समिति संयोजक नरसिंह रावले मुद्दाको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
सोही कार्यक्रममा काउनका सल्लाहाकार सोम थापाको सक्रियतामा संकलन गरिएको रु १५ हजार ५ सय ५५ बुटवल १० रानगरका मृगौला पीडित दुई दिदि वहिनीलाई सहयोग गरिएको थियो ।

≪ Previous Post

लुम्बिनीमा बौद्ध कला महोत्सव शुरु

Next Post ≫

शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क