Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनीमा बौद्ध कला महोत्सव शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनीमा बौद्ध कला महोत्सव शुरु

संसारपोस्ट संवाददाता · २४ माघ २०७६ · 0
लुम्बिनीमा बौद्ध कला महोत्सव शुरु
50
SHARES
ShareTweet

लुम्बिनीका स्थानीय जनतालाई बुद्ध कलासंग जोडौं :मुख्यमन्त्री


लुम्बिनी, २४ माघ । लुम्बिनीमा बौद्ध कला, संस्कृति तथा साहित्य महोत्सव शुरु भएको छ । बौद्ध कला र संस्कृतिको प्रवद्र्धनका लागि महोसत्व आयोजना भएको हो ।
प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा शुरु तीन दिने महोत्सवको शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभयो ।
महोत्सवको उद्घाटनमा बोल्दै मुख्यमन्त्री पोखरेलले विश्व कलाबजारमा बौद्ध कला सबैभन्दा महत्वपुर्ण भएता पनि लुम्बिनीका स्थानीय जनतालाई बुद्ध कलासंग जोड्न नसकेकोप्रति चन्ता व्यक्त गर्नुभयो ।
लुम्बिनी क्षेत्रका जनताको जिवनस्तर उकास्नका लागि बुद्धिज्मको कला, साहित्य र सस्कृतिसंग जोड्न सक्नुपर्दछ भन्दै उहांले यहां विकासको बिरोधमा राजनीति हुने गरेको छ, यो गलत क्रियाकलाप हो भन्नुभयो ।
मुख्यमन्त्री पोखरेलले बुद्धिज्मलाइ दुनियांमा फरक फरक तरिकाले बुझ्ने गरिएको बताउदैं जीवनपद्धतीसंग जोडेर दर्शनको रुपमा अंगिकार गरेमा फलदायी हुने बताउनुभयो ।
बुद्धिज्मलाई दुनियांको ठुलो पंक्तिले सस्कृतिको रुपमा, केहिले धर्मको रुपमा, केहिले जीवनपद्दतीको रुपमा र केहिले दर्शनको रुपमा लिईरहेका छौं भन्दै उहांले जे भएता पनि बुद्धिज्मलाई स्थानीय संग जोडेर लग्यौ भने मात्रै त्यसले जिवन्तता पाउंछ भन्नुभयो ।
मुख्यमन्त्री पोखरेलले लुम्बनी क्षेत्र र प्राचीन कपिलवस्तु गणराज्य तथा कोलिय गणराज्यको पहिचान र उत्खनन् जरुरि रहेको समेत बताउदै लुम्बिनी बुद्धिस्ट विश्व विद्यालयले अन्वेषणको काममा आफ्ना अनुसन्धानकर्ता विद्यार्थीलाई खटाउनुपर्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा पुर्वमन्त्री दीपकुमार उपाध्यायले बुद्ध दर्शन सबैको महत्वपुर्ण दर्शन भएको बताउदैं हिरा खानीमा कमन्डलु लिएर हिड्नु परिरहेको बताउनुभयो । उहांले लुम्बिनी हिराको खानी भएको सन्दर्भ उल्लेख गर्दै यसको व्यवस्थापनमा लुम्बिनी विकास कोषले अलि ध्यान दिन नसकेको तथा प्राध्यापक केन्जो टांगेको गुरुयोजना समयमा पुरा नभएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
समारोहमा रिम्पुचें श्रीधरण राणाले नेपालबाट नै पहिलो र दोस्रो सताब्दिमै बुद्ध धर्म बिदेश गएको ऐतिहासिकता उल्लेख गर्दै जयस्थिति मल्ल पश्चात् बुद्ध धर्म दबाउदै लगेता पनि नेवारहरुले बुद्ध धर्मलाई बचाएर राखेको बताउनु भयो ।
विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले अन्तर्रास्ट्रिय बुद्धिस्ट साहित्य, संस्कृति सम्मेलन मार्फत बुद्धिज्मको विकास गर्ने ध्येयले कार्यक्रम गरिएको बताउनु भयो । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा भईरहेको महोत्सव २६ गतेसम्म हुने आयोजकले बताएका छन् ।
बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययन सम्बन्धी साहित्यको बिबिध विषयमा गोष्ठी हुने उक्त महोत्सवमा बौद्ध कला, संस्कृति र साहित्यको विषयमा महोत्सव मार्फत जानकारी दिन थालिएको रजिस्ट्रार आचार्यले बताउनुभयो ।
महोत्सवको अवसरमा मोलाम पुजा समेत हुने भएको छ । सोही अवसरमा पूर्व मन्त्री मोदनाथ प्रश्रित, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राजदूत खगनाथ अधिकारी, टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, बरिष्ठ पत्रकार डा. कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, बसन्त विडारी, प्राज्ञ गोपिरमण उपाध्याय सहितका १६ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका डिन प्रा. डा. वेदप्रसाद गिरीले जानकारी दिनुभयो । कार्यपत्र २५ र २६ गते प्रस्तुत हुने छ ।
महोत्सवको समापन २६ गते साँझ हुने भएको छ । लुम्बिनी विश्वविद्यालय केन्द्रिय क्याम्पसका प्रमुख फणिन्द्र न्यौपानेको सन्चालन तथा विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन सत्रमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा बातवरण मन्त्री लिला गिरी, पुर्व सभामुख दमनाथ ढुंगाना, चिनका लागि नेपालका पुर्व राजदूत टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, बरिष्ठ पत्रकार डा. कुन्दन अर्याल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय, प्रदेश सभासदस्यहरु, स्थानिय तहका प्रमुखहरु तथा स्वदेशी तथा विदेशी बुद्धिज्म क्षेत्रका जानकार एवं स्थानियहरुको सहभागिता रहेको थियो ।
महोत्सवककै अवसरमा शुक्रबार विहान लुम्बिनीमा तीर्थस्थल दौड भएको थियो । सो दौडमा करिव पाँच सय सहभागि रहेका थिए । महोत्सवमा बौद्ध कला, फोटो, थान्का, मण्डला तथा सांस्कृतिक नृत्यहरु प्रदर्शन गरिएको छ ।

≪ Previous Post

नेपाल बिद्यार्थी संघद्वारा बुटवलमा मसाल जुलुस प्रदर्शन

Next Post ≫

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क