Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमसीसी खारेज नहुंदासम्म आन्दोलन जारी : नौ दल
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमसीसी खारेज नहुंदासम्म आन्दोलन जारी : नौ दल

संसारपोस्ट संवाददाता · २४ माघ २०७६ · 0
एमसीसी खारेज नहुंदासम्म आन्दोलन जारी : नौ दल
80
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, २४ माघ । ओली नेतृत्वको नेपाल सरकार र अमेरिकन सरकारको सम्झौतामा नेपालमा एमसीसी परियोजना ल्याउन लागेपछि त्यसको चौतर्फी बिरोधका आवाज उठेका छन् ।
सरकारले एमसीसी ल्याउन खोजेपछि सरकारमा सामेल नेकपाका धेरै नेता तथा कार्यकर्तासमेत एमसीसीको बिपक्षमा देखिएको अवस्था छ । सरकारले एमसीसी ल्याउने भनेपनि विभिन्न नौ वटा वाम घटक त्यसको बिपक्षमा उत्रिएका छन् ।
नौ घटकको आयोजनामा शुक्रबार देशभर एमसीसीको बिरोध गरिएको छ । एमसीसीको बिपक्षमा रहेका विभिन्न नौ वाम घटकले सातै प्रदेश र केन्द्रिय राजधानी काठमाण्डौमा बिरोध प्रदर्शन गर्नुका साथै सभा समेत गरेका छन् । नौ दलको कार्यक्रम अनुसार रुपन्देहीको बुटवलमा अमेरिकन एमसीसीको बिरोधमा प्रदर्शन गर्दै बिरोध सभा गरिएको छ ।
बुटवलमा आयोजित बिरोध सभामा बोल्दै नेकपा माओवादी क्रान्तिकारीका नेता पे्रम सुवेदीले नागरिकता विधेयक र एमसीसी ल्याएर ओली सरकारले राष्ट्रघाती काम गरेको आरोप लगाउनु भयो ।
नेकपा मसालका नेता तथा रुपन्देही प्रवक्ता नारायण जिसीले चीनलाई टुक्राउने गरी अमेरिकाले सहयोग गर्ने बहानामा एमसीसी परियोजना नेपाल भित्राउन लागेको बताउनु भयो । अमेरिकाले आफ्नो दबदवा कायम गर्ने उद्वेश्यले नेपाली भूमि प्रयोग गरी चीनका बिरुद्व एमसीसी ल्याउन खोजेको उल्लेख गर्दै उहांले नेपालको लागि एमसीसी घातक हुने बताउनु भयो ।
एमसीसी नेपालको हितमा नभएको दावी गर्दै एमसीसी, संसदमा पेश भएको नागरिकता विधेयक खारेज नहुंदासम्म, कालापानी, लिम्पियाधुराबाट भारतीय सेना नहटाउंदासम्म र भारतले मिचेको भूमि फिर्ता नहुंदासम्म आन्दोलन जारी राखिने बताउनु भयो ।
देशभक्त गणतान्त्रिक मोर्चाका नेता केशरबहादुर गुरुङले एमसीसी परियोजनाको माध्यमबाट अमेरिकाले नेपालमा सेना ल्याएर चीनलाई चेक गर्न खाजेको दावी गर्नुभयो । उहांले अमेरिकाको एमसीसी परियोजना भारतमा पनि ल्याउन खोजेको उल्लेख गर्दै भारत र अमेरिका नेपालको हितमा नभएकाले दुवै देशको बिरोध गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष बद्रे आलमले एमसीसी परियोजनाको माध्यमबाट अमेरिकाले सेना नेपालमा भित्राएर आफ्नो अनुकुल काम गर्न खाजेकाले यो खारेज गर्नुको अर्को विकल्प नभएको बताउनु भयो । राष्ट्रिय जागरण परिषद्का नेता चित्रबहादुर थापाले एमसीसी भित्रिए नेपाल फिजिकरण हुने निश्चित भएकाले यो सरकारका बिरुद्व आन्दोलन गर्नुको विकल्प नभएको बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाका नेता दधिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव विनोद उपाध्याय, नेकपा मालेका चन्द्रकान्त आचार्य, पिताम्बर आचार्य, नेकपाका सलिम अहमद्, जनसमाजवादी नेपालका कृष्ण आचार्य लगायतका नेताहरुले बोल्दै विदेशीलाई नागरिकता दिने गरी संसदमा पेश भएको नागरिकता विधेयक र एमसीसी खारेजीका लागि देशभर आन्दोलन चर्काउने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, जनसमाजबादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद्, नेकपा माओवादी केन्द्र, नेकपा माले, नेकपा लगायतका विभिन्न नौ दल एमसीसीका बिरुद्व आन्दोलनमा उत्रिएका छन् ।

≪ Previous Post

‘प्रदेश सभा सदस्यहरुको ध्यान कानून निर्माण भन्दा विकास निर्माणमा’

Next Post ≫

नवलपुरमा मुद्दा :सम्बन्ध विच्छेद र अँश वण्डाका बढी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क