पामिर र शान्ति नमुना अघिल्लो चरणमा
मणिग्राम, १७ माघ । रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा शुक्रबारका खेलबाट पामिर एकेडेमी तिलोत्तमा २ र शान्ति नमुना माध्यमिक बिद्यालय मणिग्राम अघिल्लो चरणमा प्रवेश गरेका छन् । एचिभर्स कलेज बुटवलसंगको पहिलो खेलमा १ शुन्य गोल अन्तरले पामिर र न्यू होराईजन ड्राईभरटोलसंग भएको खेलमा ३–२ गोल अन्तरले शान्ति नमुनाले अगाडीको यात्रा तय गरेका हुन् ।
जानकीनगर क्लवको व्यबस्थापनमा भएको प्रतियोगिता अन्तरगत भोली शनिबार वेस्टर्न मेघा कलेज ढवाहा र क्षितिज ईन्टरनेशनल कलेज (बि) बुटवल तथा एक्सिस कलेज तिलोत्तमा र क्षितिज ईन्टरनेशनल कलेज (ए) बुटवलका बिचमा हुने प्रतियोगिताका संयोजक तथा तिलोत्तमा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अमनमान श्रेष्ठले जानकारी गराउनु भयो ।
२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाका बिद्यालय तथा कलेजगरी २५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजयी टिमलाई ३० हजार तथा उपविजेता टिमलाई १५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले जानकारी गराउनु भयो ।