Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मेलामा दिन प्रतिदिन दर्शक सहभागिता बढदो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेलामा दिन प्रतिदिन दर्शक सहभागिता बढदो

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0
मेलामा दिन प्रतिदिन दर्शक सहभागिता बढदो
60
SHARES
ShareTweet


बुटवल १४ माघ
रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवको विविध कार्यक्रममा दर्शकहरुको सहभागिता दिन प्रतिदिन उलासमय रुपमा वृद्धि हुदै गएको छ ।
मेलामा आयोजना गरिएको जोडी नृत्य प्रतियोगितामा रबि र टेकबहादुर थापाको जोडी प्रथम भएका छन् । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा मंगलबार भएको फाईनल प्रतिस्पर्धामा रबि थापा र मञ्जु थापा तथा टेकबहादुर थापा र ज्वाला थापाको जोडी प्रथम भएको हो ।
प्रतियोगितामा सोनु थापा र अनु लामा थापा तथा सुदिप कंडेल र गीता कंडेलको जोडी द्वितीय भएका छन् भने जीवन अर्याल र राम अर्याल तथा मायाँ बस्याल र सुवाशचन्द्र बस्यालको जोडी तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने जोडीलाई क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैंया नगद सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । उनीहरुलाई तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा बामदेव खनाल र मुनाकुमारी खनालको जोडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा ७ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
मेला स्थलमा आयोजना गरिएको बिद्यालय तथा कलेज स्तरीय फूटवल प्रतियोगितामा स्मृति बोर्डिङ् स्कुल, सगरमाथा कलेज र एचिभर्स कलेजले जित हासिल गरेका छन् । होराईजन कलेजसंग भएको प्रतिस्र्धामा ४–१ गोल अन्तरले स्मृति, लुम्बिनी ईञ्जिनियरिङ् कलेजसंगको प्रतिस्पर्धामा ७–२ गोल अन्तरले सगरमाथा र लुम्बिनी बाणिज्य क्याम्पसलाई नेट गोल गर्दै एचिभर्स कलेजले अघिल्लो चरणको यात्रा तय गरेको अमनमान श्रेष्ठले जानकारी गराउनु भयो । लुम्बिनी बाणिज्य क्याम्पसको टिम खेल मैदानमा नआएपछि एचिभर्सले नेट गोल गरेको हो ।
जागृती क्लवको व्यबस्थापनमा भएको प्रतियोगिता अन्तरगत बुधबार पहिलो खेल साई ग्लोवल कलेज भैरहवा र होराईजन कलेज ड्राईभरटोल, दोस्रो खेल न्यू लाईट कलेज र नेपथ्य कलेज तथा तेस्रो खेल क्षितिज ईन्टरनेशनल कलेज र अक्सफोर्ड कलेजका बिचमा प्रतिस्र्धा हुनेछ ।
यहि माघको २१ गतेसम्म सञ्चालन गरिने मेलामा दर्शकको सहभागिता उल्लेख्य रहेको छ । मंगलबार मेलामा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, उपमेयर जागेश्वरीदेवी चौधरी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उपाध्यक्ष हरि अर्याल, तिलोत्तमा चम्बर अफ कमर्स, उद्योग व्यापार संगठन लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरुले संस्थागत अवलोकन गर्नुभएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी गराउनु भयो ।
मेलामा मंगलबार रत्यौली गीत तथा नृत्य प्रस्तुती गरिएको थियो भने एक्सपर्ट तिलोत्तमा लोक तारा, न्यू होल्याण्ड तिलोत्तमा डान्स आईकनका प्रतिस्पर्धी कलाकार तथा लोक गायक अमृत सापकोटा, टिका सानु, दिपु मगर, बिधान कार्की लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै भोली बुधबार तिलोत्तमा लोक तारा, तिलोत्तमा डान्स आईकनका प्रतिस्पर्धी कलाकार तथा आधुनिक गायिका मेलिना राई, प्रसान्त गैरे, मदन पौडेल लोक तथा दोहोरी गायिका रितु थापा र जादुगर निरज मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक धन बहादुर गुरुङ्ले जानकारी दिनुभयो ।

≪ Previous Post

संजयको नेतृत्वमा रुपन्देही लन टेनिसमा नयाँ समिति चयन

Next Post ≫

तिलोत्तमाको मेलामा दिन प्रतिदिन दर्शक सहभागिता बढ्दो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क