Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ संजयको नेतृत्वमा रुपन्देही लन टेनिसमा नयाँ समिति चयन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संजयको नेतृत्वमा रुपन्देही लन टेनिसमा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0
संजयको नेतृत्वमा रुपन्देही लन टेनिसमा नयाँ समिति चयन
80
SHARES
ShareTweet


पुर्वाधारसंगै खेलाडी उत्पादनमा जोड

बुटवल १४ माघ
रुपन्देही लन टेनिस संघको प्रथम अधिवेशनवाट सन्जय श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । समितिको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेनचुरी निर्वाचित हुनु भएको छ । त्यसैगरि समितिको सदस्यमा अवदुल सहमद मियां,सबर मियां, राम बहादुर विक र भिष्म काउचा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक दीपक न्यौपानेले बताउनु भयो ।
त्यस अघि संघको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा लन टेनिस एशोसियसनका केन्द्रिय महासचिव मनोहरदास मनुले बुटवलमा लन टेनिसका लागि पुर्वाधार उत्कृष्ट रहेको बताउदै नयाँ खेलाडी उत्पादनमा जोड दिनु भयो ।
उहाँले बुटवलमा ६ वटा लन टटेनिसका कोड बनाएपछि अन्तराष्टिृय प्रतियोगिता गर्न पाईने भएकाले त्यसतर्फ ध्यान दिन नेतृत्वलाई आग्रह पनि गर्नु भयो । महासचिव मनुले विद्यालय तहवाट टेनिस खेललाई प्राथमिकतामा राखेर खेलाडी उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो । संघका सल्लाहकार तथा ओलम्पिक कमिटीका सदस्य दीर्घ बहादुर केसी कुमारले लन टेनिस खेलकोलागि पुर्वाधार विकास भएको तर खेलाडी उत्पादनमा हुन नसकेको भनदै खेलाडी उत्पानमा ध्यान दिन आह्वान गर्नु भयो । बुटवल उपमहानगर नगरखेलकुद विकास समितिका संयोजक नन्दु काउचाले नगरमा संचालित सवै खेलकुदका संघ संस्थालाई नगरसमितिमा आवद्ध हुन आह्वान गर्नु भयो ।
संघका अध्यक्ष अशोक गुरुगंको अधयक्षतामा भएको कार्यक्रममा नेपाल जेसीसका पुर्व अध्यक्ष अनुपमान सैजु, देव सिद्ध समाज सुधार समितिका पुर्णानन्द गिरी संघका प्रेस सल्लाहकार दीपक न्यौपाने उपाध्यक्ष मनोज वस्नेत सचिव गोपाल ज्ञवाली लगायतले वोल्नु भएको थियो ।

≪ Previous Post

ट्रक ठोकिदाँ भएको दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

Next Post ≫

मेलामा दिन प्रतिदिन दर्शक सहभागिता बढदो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क