Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ नेपाल टेलिकम सुपर क्रिकेट लिग ,तिरुपति क्लब विजयी
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल टेलिकम सुपर क्रिकेट लिग ,तिरुपति क्लब विजयी

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0
नेपाल टेलिकम सुपर क्रिकेट लिग ,तिरुपति क्लब विजयी
80
SHARES
ShareTweet

भैरहवा, १३ माघ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत सोमबार सम्पन्न गु्रप डी अन्तर्गतको खेलमा तिरुपति क्लब भैरहवा विजयी भएको छ । तिरुपतिले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ८ विकेटले पराजित गरेको हो । सोमबारको खेलमा पराजित भएसंगै वेस्टर्न क्रिकेट क्लब डिभिजन बी मा घटुवा भएको छ ।
निर्धारित ३० ओभरको खेलमा टस जितेर व्याटिङ गरेको वेस्टर्नले १४ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४४ रन बनायो । उसका लागि दिप्शन थापाले ८ र रञ्जित खड्काले ६ रनको योगदान दिए । वेस्टर्नले २० रन अतिरिक्त रनको रुपमा पाएको थियो ।
बलिङमा तिरुपतिका महेन्द्र सुवेदीले ४, तुल बहादुर थापाले ३, सुलभ ढुंगानाले २ र राजेश रानाले १ विकेट लिए ।
जवाफमा तिरुपतिले ९ दशमलव ३ ओभरमा ४५ रन बनायो । उसका लागि शुशान्त सिंह थापाले २० र राजेश रानाले ११ रनको योगदान गरे । बलिङमा वेस्टर्नका अभिषेक गौतम र हर्जित सिंहले १÷१ विकेट लिए । खेलमा तिरुपतिका महेन्द्र सुवेदी म्यान अफ म्याच घोषित भए । मंगलबार गु्रप सी अन्तर्गतको खेल देवदह क्रिकेट युनिट देवदह तथा साई ग्लोबल क्रिकेट क्लब भैरहवाबीच हुनेछ ।
नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५÷५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ । त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् ।

≪ Previous Post

बुटवललाई उज्यालो शहरका रुपमा विकास गर्न माग

Next Post ≫

बुटवलमा टि भी एस एन्टर्क रेस एडिसन विक्री शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क