बुटवल, ४ माघ । निजी अस्पतालहरुको छाता संस्था एशोसियशन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्युट अफ नेपाल (अफिन) को ५ नं. प्रदेशको प्रथम साधारण सभा अबिधेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार बुटवलमा भएको साधारण सभा तथा अधिबेशनले बुटवलका रामप्रसाद खरेलको अध्यक्षतामा ९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा दाङ्गका किशोर खत्री, सचिवमा बुटवलका मुक्तिराज पौडेल र कोषाध्यक्षमा अर्जुन पौडेल सर्वसम्मत निर्वाचित भएको छ । यस्तै समितिको सदस्यहरुमा दिनेश आचार्य, डा. दिनेश चौधरी, महेश श्रेष्ठ, गोपाल श्रेष्ठ र गणेशप्रसाद ज्ञवाली निर्वाचित हुनु भएको छ ।