Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ थारु अस्तित्व र पहिचानको पर्व माघ (खिचरी)
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

थारु अस्तित्व र पहिचानको पर्व माघ (खिचरी)

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0
थारु अस्तित्व र पहिचानको पर्व माघ (खिचरी)
70
SHARES
ShareTweet

कमल चौधरी



दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र सांस्कृतिक पहिचान बोकेका यी जातिहरु मध्ये थारु जाति एक हो ।
थारु को हुन् ? उनीहरुको उत्पत्ति कसरी भएको हो ? भन्ने बारेमा अझै विद्वान्हरुमा एक मत हुन सकेको छैन । यस सम्बन्धमा कसैको विचारमा सिन्ध प्रदेशको “थर” भन्ने ठाउँ बाट आएका हुँदा थारु भए भनेका छन्, भने कसैले यिनीहरुलाई मंगोल वर्गका मानेका छन् । पहाडी प्रदेशमा बसोबास गर्ने मंगोल वर्गका मानिसहरु नै आर्य भाषा ग्रहण गरी तराईतिर बसाई सरेका हुन् भन्ने धारणा व्यक्त भएको पाईन्छ । फेरि अर्को थरी विचारमा “थरी” (ग्राम प्रमुख) बाटै थारु भएको भन्ने पनि पाईन्छ । कसैको विचारमा त पहाडका मगर जाति नै तराईमा झरेर थारु भएका हुन् भन्ने छ भने कसैले मिश्रित जातिको रुपमा थारुलाई लिएका छन् । यसरी थारुहरुको उत्पत्ति सम्बन्धमा अनेक विचारहरु व्यक्त भएका छन् । स्पष्ट भन्न सकिने आधार भने केही छैन । जे भए पनि यो जाति अत्यन्तै प्राचीन समय देखि नै तराईका मलिला फाँटहरु आवाद गरेर आइरहेका छन् । (दाहाल, पेशल .२०४६.नेपालको इतिहास र संस्कृति ।)


थारुहरु सुदूरपश्चिमको कञ्चनपुर देखि पूर्वको झापा सम्म तराईको समथल भू–भागमा छरिएर बसेका छन् । वि.सं. २०६८ को जनगणना अनुसार थारुको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको छ । यो कुल जनसंख्या (२ करोड ६४ लाख ९४ हजार ५०४) को ६.५ प्रतिशत हो । थारु भित्र अनेक थर, उप थरहरु छन् । ठाउँ अनुसार यिनीहरुको भाषा, संस्कृतिहरुमा फरकपन छ । यिनीहरुको मुख्य धर्म प्रकृति धर्म हो । यिनीहरु बुद्धको सन्तती भएको दावि गर्नुको साथै, हिन्दु धर्ममा अस्था राख्ने र देवी देवताहरुको पूजागर्ने प्रचलन पनि रहिआएको पाईन्छ । थारु समुदायहरुले मुख्यतया माघ, जितिया, बड्काअत्वरी पर्व विशेष रुपले मनाउने गर्दछन् । माघ थारु समुदायको महान् पर्व हो ।

थारु जातिको महान् पर्व माघ



थारु जातिको आफ्नो पहिचान बोकेको महान् पर्व माघलाई स्थान विशेष अनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी, खिचरा, खिचरी भन्ने प्रचलन रहेको पाईन्छ । माघ पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकाल देखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँ वर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा, स्वतन्त्रताको रुपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा मघौटा गीत गाउँदै झुमरा, झर्रा लगायत विभिन्न नाचहरू नाच्ने गरिन्छ । थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरिन्छ ।

अस्तित्व र पहिचानको पर्व माघ



सोझा, इमान्दार, सांस्कृतिक रुपमा विशिष्ट पहिचान भएका थारु समुदायको माघ पर्वको छुट्टै अस्तित्व र पहिचान रहेको छ । मानव सभ्यताको सुरुवात संगै विभिन्न किसिमले थारु समुदायको समाजिक तथा सांस्कृतिक पर्वहरु अस्तित्वमा आएको पाईन्छ । हुन त वि.स. २०५९ सालमा सरकारले माघको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णय गरे सँगै थारु समुदायको माघी पर्वको व्यापक रुपमा प्रचार–प्रसार भएको देखिन्छ । त्यही बर्ष देखि नै काठमाडौंमा माघी महोत्सवको सुरुवात र पछि केन्द्र, जिल्ला, क्षेत्र गाउँ–गाउँमा माघी महोत्वस मनाउन लागेको थारु अगुवाहरु बताउँछन् । वर्तमान समयमा केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा स्तरका माघी महोत्सवहरु हुन थालेको पाईन्छ । जसले गर्दा आजभोली थारु गाउँबस्ती नै गुन्जमान भएको छ । युवा पुस्ताहरु थारु संस्कृति संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले एक जुट भएको देखिन्छ ।

मेलमिलाप र समाजिक सद्भावको पर्व माघ



मेलमिलाप र समाजिक सद्भावको पर्व हो माघ । माघ पर्वमा आफूभन्दा ठूलालाई ढोगभेट गरेर माघका लागि बनाइएका परिकार खाने प्रचलन रहिआएको छ । थारु जातिले माघ पर्वलाई मेलमिलाप पर्वको रुपमा लिने गर्दछन् । झैँ–झगडा वा विवाद भएर बोलचाल बन्द भएकाहरु समेत माघ पर्वमा एक आपसमा साइनो अनुसार ढोगभेट गरेर एकै साथ बसेर एक अर्काे घरमा पाकेका परिकार खाएर रमाईलो गर्ने प्रचलन रहेको छ । त्यसैले माघ पर्व समाजिक सद्भाव र खुसीयालीको पर्वको रुपमा लिने गरिन्छ ।

नयाँ बर्षको रुपमा माघ



थारुहरूले माघ १ गतेदेखि नयाँ वर्ष थालनी भएको मान्दछन् । त्यसैले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गते देखि नयाँ करोबारको थालनी गर्ने चलन रहेको छ । त्यसैगरी सामूहिक काम काजको सम्बन्धमा छलफल गरी छिनोफानो लगाइन्छ । गाउँभरीका व्यक्तिहरू भेला भइ गाउँको नेतृत्वकर्ता वरघर (भलभन्सा÷महँताँवा) चयन गरिन्छ । त्यस पश्चात् चौकीदार, गुरुवा, केसौका, छनौट पनि गर्ने गरिन्छ ।

माघ पर्वको सुरुवात



माघी पुस महिनाको अन्तिम दिन देखि सुरु हुन्छ । गाउँ घरमा माघ महिना सुरु भएदेखि नै थारु गाउँबस्तीमा चहलपहल हुनुको साथै “सखीहो माघे मे पिलि गुरी–गुरी जाँड….” जस्ता गीतहरु गुञ्जिन सुरु हुन्छन् । विशेषगरी माघ १ गतेको दिन जब बिहान भाले बासे संगै साना ठूला सबै नदीमा नुहाउन जाने गरिन्छ । कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मे पछि मरिहाल्ने गरेको छ भने त्यस्ता जोडीहरू कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको बरदान माग्ने धार्मिक विश्वास पनि रहिआएको छ । नदीमा नुहाउन गाउँभरीका केटाकेटी, युवा तथा बृद्ध सबै संगै जाने र नुहाई सकेपछि तिलको आगो ताप्ने गरिन्छ । नुहाइ घरमा फर्के पछि सबै जना चामलको टिका लगाउने गरिन्छ र “निश्राउ” निकालिन्छ । चामल छुदा सुपामा चामल, नुन, उरुदको दाल राखिएको हुन्छ यिनै चामल, नुनलाई अर्को छुटै भाँडाहरूमा पाँच–पाँच अञ्जुली झिकेर राखिन्छ यसै प्रक्रियालाई “निश्राउ” भनिन्छ । यो निश्राउ जति झिकेर राखेको छ त्यसैमा केही थापेर दिदीबहिनीलाई “निश्राउ” दिन जाने गरिन्छ ।

कपिलबस्तुको बाणगंगामा माघ महोत्सव



कपिलस्तु जिल्ला बाणगंगा नगरपालिकाको वि.स. २०६८ को तथ्यांक हेर्ने हो भने कुल ७५ हजार २ सय ४२ जनसंख्या रहेको छ । यस नगरपालिकमा थारु समुदायको मात्रै २८ हजार १२ जनसंख्या रहेको छ । यो कुल जनसंख्याको ३७.२२ प्रतिशत हो । यहाँ १३ हजार ५ सय ७० थारु पुरुष र १४ हजार ४ सय २१ थारु म्हिला बसोबास गर्ने गर्दछन् । ११ वटा वडामा विभाजन भएको यस नगरपालिकामा थारु जातिको उच्च बाहुल्यता रहेको छ । यस बर्ष माघी अवसरमा कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिकाका विभिन्न ६ स्थानमा माघ महोत्सव हुन थालेको छ । कपिलबस्तुको बाणगंगा नगरपालिकामा ५ स्थानमा वडा स्तरिया माघ महोत्सव हुन थालेको छ । त्यस्तै १ ठाउँमा नगर स्तरिय माघ महोत्सव अयोजना गरी धुमधामको साथ कपिलबस्तुमा माघी महोत्सव मनाउन थालिएको छ । यसरी कपिलबस्तुको बाणगंगा नगरपालिकामा वडा स्तरिया माघी महोत्सवहरु वडा नं. ६ को बैदौलीमा माघ ६ र ७ गते, त्यस्तै वडा नं. ७ को कपिलधाममा माघ ५ गते, वडा नं. ८ उदयपुर स्कुलमा माघ ४ र ५ गते, वडा नं. ९ को जिनुवा स्कुलमा पुस २८ गते मनाईएको छ भने वडा नं. १० को सोनपुरमा २८ र २९ गते मनाइएको थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले जनकारी दिनुभयो । त्यसैगरी माघ २, ३ र ४ गते महाशिवरात्री मेला स्थल (कौवाघाट) हथौंसमा बाणगंगा नगरस्तरिय दोस्रो माघ महोत्सव हुने भएको छ ।

कपिलबस्तुमा नौ स्थानमा माघ महोत्सव



पछिल्लो समय थारु समुदायले धुमधामका साथ माघ (खिचरी) पर्वलाई मनाउन थालेका छन् । थारु बहुल्यता वडा तथा नगरमा विभिन्न महोत्सवहरुको अयोजना गरी आजभोली माघ महोत्सव मनाउने नयाँ संस्कृतिको विकास भएको छ । यस बर्ष कपिलबस्तुमा ९ स्थानमा माघ महोत्सवको अयोजना गरी मनाइदै छ । बाणगंगा नगर स्तरिया संगै विभिन्न वडा स्तरिया माघ महोत्सव अयोजना गरिएको छ । त्यस्तै शिवराज नगर स्तरिय माघ महोत्सव २, ३ र ४ गते शिवराज नगरपालिका–५ चन्द्रौटामा हुने भएको छ । भगवानपुर गाउँ समाज स्तरिय माघ महोत्सव पुस २८, २९ मनाइएको छ भने माघ १ गते देखि शिवराज ५ भावगनपुरमा सुरु हुदैछ । यसरी थारु समुदायको लोप हुने संघारमा पुगेको भाषा संस्कृतिहरुलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिका र वडा कार्यालयले थारु समुदायको माघी पर्वलाई छुट्टै आर्थिक रकम छुट्टाएको हुँदा विभिन्न स्थानमा माघ महोत्सव कार्यक्रम गर्न सजिलो भएको बाणगंगा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष गुणनीधि भुसालले जनकारी दिनुभयो । बाणगंगा नगरपालिका नगरप्रमुख मंगल प्रसाद थारुले सबै जातजाति समुदायको भाषा संस्कृति संरक्षण र प्रवद्र्धन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“राज्यले सवै जाति समुदायको भाषा संस्कृति संरक्षण गर्न आवश्यक छ ।”

माघ पर्व मनाउने शैलीमा परिवर्तन



बर्तमान समयमा माघ पर्व मनाउने शैलीमा परिवर्तन आएको छ । पहिले थारु बहुल्य भएको गाउँ ठाउँमा सिमित हुने माघ वडा, नगर, जिल्ला र राष्ट्रिय स्तरमा मनाउन थालिएको छ । अधुनिक समाजको विकास र प्रचर–प्रसार संगै ठाउँ– ठाउँमा महोत्सव गरी मनाउने संस्कृतिको विकास हुँदै गएको छ । यसलाई अझ भव्य र व्यापक रूपमा मनाउनका लागि अगुवा, बुद्धिजिवी, थारु युवायुवती लागि परेका छन् । यस माघ पर्वलाई केवल थारु जातिमा मात्र सीमित नराखी अब अन्य जाति सँग सहकार्य गरी व्यापक रूपमा मनाउन जरुरी छ । यस्ता चार्ड पर्वहरू थारुमा मात्र सीमित राख्नु निश्चय पनि सान्दर्भिक र न्यायपूर्ण हुन सक्दैन । हुन त प्रदेश नं. ५ सरकारले गत बर्ष र यस बर्ष पनि माघ पर्वकोे अवसरमा माघ १ र २ गतेलाई दुई दिन सार्वजनिक विदा दिएको छ । पक्कै पनि थारु समुदायको महान पर्व माघ पर्वलाई संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार बाट दिएको सर्वजानिक विदा स्वागत् योग्य छ । तर यति मात्रले थारु संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन सक्दैन थारु भाषा संस्कृतिको संरक्षण र प्रवद्धन गर्नको लागि सरकारी तहबाट स्पस्ट नीति हुनु जरुरी देखिन्छ । प्रदेश ५ सरकारले मात्र नभएर राज्यले नै थारु समुदायको माघी पर्वलाई सम्बोधन गर्न सक्नुपर्छ ताकी लोप हुने संघरमा पुगेको भाषा, धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन ठुलो मद्दत पुग्ने छ ।

≪ Previous Post

डेढ वर्षमा बुटवल कार्यालयवाट करिव ५३ हजार स्मार्ट लाईसेन जारी,१२ हजार बढी थप

Next Post ≫

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार : मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क