Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा व्यापार मेलामा तयारीका काम शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा व्यापार मेलामा तयारीका काम शुरु

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0
तिलोत्तमा व्यापार मेलामा तयारीका काम शुरु
60
SHARES
ShareTweet

बुटवल २९ पुस
“तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को लागि तयारीका काम सुरु गरेको छ ।
यही माघ ९ देखि २० गते सम्म सञ्चालन हुने भनिएको दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक ब्यापार मेला राष्ट्रियसभाको निर्वाचनका कारण माघ १० गतेदेखि २१ गतेसम्म हुने तय भएको मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले जानकारी दिनु भयो ।
कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने गरी सञ्चालन गर्न लागिएको मेलाका लागि बुद्ध केवल–भुसाल वायर इण्डष्ट्रिज प्रालि भैरहवाले मुख्य प्रायोजन र यशोधा फुड्स अन्तर्गतको लाली च्याउच्याउले सह प्रायोजन गर्ने भएका छन् । मेला सम्पन्न गर्न विभिन्न २५ वटा उपसमिति निर्माण गरिएको छ । सबै उपसमितिहरुले जिम्मेवारी अनुसारको कामलाई तीव्रता दिएको अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।
रुपन्देहीको मणिग्राम चोकदेखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्व तिलोत्तमा नगरपालिका ५ मा आयोजना गरिने मेलामा कुल ३ सय स्टल रहने छन् ।
जसमा कृषि, पर्यटन, उद्योग, व्यापार, रेष्टुरेन्ट लगायतलाई प्राथमिकता दिइएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिनु भयो । मेलामा सहभागी हुने कृषिका स्टल र संघमा आवद्ध उद्योगी व्यवसायीका स्टलहरुलाई विशेष सहुलियतको व्यवस्था मिलाइएको कोषाध्यक्ष सुरज पंगेनीले बताउनु भयो । पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् । लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने गरी पर्यटन क्षेत्रका संभाव्यतालाई मेलामा उजागर गरिने अध्यक्ष भण्डारीले बताउनु भयो ।
त्यस्तै कृषिलाई आधारशीलाको रुपमा स्थापित गरी एक गाउँ एक उत्पादनको अवधारणालाई मूर्तरुप प्रदान गर्नेगरी कृषिलाई प्राथमिकता दिइएको उद्योग उपाध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो ।
मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत तिलोत्तमा लोक आईडल, तिलोत्तमा डान्स आईडल, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, श्रीमान श्रीमतीको जोडी नृत्य प्रतियोगिता, विभिन्न जातजातीका लोकनृत्य प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले जानकारी दिनु भयो।
मेलाको संरक्षक नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौ रहेको छ भने सह आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५, तिलोत्तमा नगरपालिका, उद्योग ब्यापार संगठन तिलोत्तमा र तिलोत्तमा ब्यापार संघ रुपन्देही रहेका छन् ।
उद्योगी ब्यवसायीहरुको हक हितको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले स्थापित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले यस अघि २०७३ सालमा पहिलो पटक मेलाको आयोजना गरेको थियो ।

≪ Previous Post

खुद्रा किराना व्यवसायी संघमा न्यौपान

Next Post ≫

पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क