Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेला , बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेला , बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0
औद्योगिक व्यापार मेला ,  बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम
110
SHARES
ShareTweet

बुटवल, १४ पुस बुटवल देवीनगरमा सञ्चालित मेलामा आयोजना गरिएको बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एभरेष्ट बोर्डिङ् स्कुल प्रथम भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा यहि पुस ९ देखि सुरु भएको मेलामा सोमबार बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गरिएको थियो ।

१५ बिद्यालयले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नविन औद्योगिक कदरबहादुर रिता माबि द्वितीय, दीप बोर्डिङ् स्कुल तृतीय तथा अक्सफोर्ड माबि र स्करलर्श होम बोर्डिङ सान्त्वना भएका छन् । उनीहरुलाई संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमाल र डेल्टा एजुकेशनका सञ्चालक गणेशचन्द्र पोखरेलले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको हो ।

डेल्टा एजुकेशन मार्ट प्रालिको प्रायोजनमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुनेलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै प्रतियोगितामा नयाँ गाउँ माबिलाई प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिएको थियो ।

सदाजस्तै सोमबार पनि मेलामा बिबिध सांस्कृति कार्यक्रम भएका छन् । मेला अवलोकन कर्ताको जत्साहजनक सहभागितामा सोमबार मेलामा आधुनिक गायक प्रमोद खरेल, लोक गायक नारायण रायमाझी, रामचन्द्र कोईराला, पुरुषोत्तम गैरे, जुना श्रीस, कार्यक्रम सञ्चालक खेमराज रेग्मी, भ्वाईस अफ बुटवलमा टप टेनका प्रतिस्पर्धी लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । सोमबारदेखि सुरु भएको दोहोरी गीत प्रतियोगितामा पहिलो दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपसमिति लाजिम्पाट काठमाण्डौ र क्वीन रोधीघर काठमाण्डौको बिचमा भएको प्रतिस्पर्धामा क्वीन रोधीघरले जित हासिल गरेको छ ।

त्यस्तैगरी मंगलबार आधुनिक गायक प्रमोद खरेल, लोक दोहोरी गायक चन्द्र शर्मा, शान्ति श्री परियार, वैकुन्ठ महत, गायिका प्रिया भण्डारी, सीतल शर्मा लगायतका कलाकारहरुको प्रस्तुती रहने लोक सांस्कृतिक कार्यक्रम संयोजक टंकप्रसाद गैरेले जानकारी दिनुभयो । त्यस्तै दोहोरी गीत प्रतियोगितामा गाउँले रोधीघर काठमाण्डौ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका बिचमा हुने छ ।

लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने मुल नारा सहित सुरु भएको २० औं संस्करणको औद्योगिक व्यापार मेला यहि पुसको २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ५ सय स्टल सहभागि छन् । त्यसबाहेक सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन हुँदै आएका छन् ।

मेला भित्रै ईसुजु एस क्यान बिक्रि

औद्योगिक व्यापार मेलामा स्टल राखेको सांग्रिला ट्रेड कन्सर्नले मेला स्थलबाटै गाडि बिक्रि गर्न सफल भएको छ । ईसुजुको आधिकारिक बिक्रेता सांगिला ट्रेडले सोमबार मेला स्थलबाटै ईसुजु एस क्यान गाडी बिक्रि गरेको हो । बिक्रि गरिएको गाडीको चावी बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले उक्त गाडी लिनुभएका बुटवल चौराहाका जिएस गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । सांग्रिला ट्रेडले ४४ लाख ९० हजार पर्ने उक्त गाडीलाई मेलाको बिशेष अफर सहित २ लाख रुपैंया छुटमा बिक्रि गरिएको विजनेश प्रमुख कमल घिमिरेले जानकारी गराउनु भयो ।

≪ Previous Post

कलकत्तामा हुने अन्तर्राष्ट्रिय करातें प्रतियोगितामा नेपाली टिम

Next Post ≫

बुटवलमा दोस्रो सडक खाना महोत्सव शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क