टिमको नेतृत्व मिसन गोजुरियोले गर्ने
भैरहवा, १३ पुस । मिसन गोजुरियोको नेतृत्वमा नेपाली करातेंका खेलाडीले भारतको कलकत्तामा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० मा भाग लिने भएको छ ।
यही पुस २४, २५ र २६ गते कलकत्ता उलबरिया स्थित रविन्द्र भवनमा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० तथा अन्तर्राष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालको तर्फबाट जापान मिसन गोजुरियोको टिमले भाग लिने भएको हो ।
श्रीलंका, भुटान, बंगलादेश, नेपाल र भारतका करातेंका खेलाडीहरुको प्रतिसपर्धा हुने उक्त प्रतियोगितामा नेपाली टोलीले १० बर्ष उमेर समूहदेखि १९ बर्ष उमेर समूह माथी सम्मको समूहमा २० जना खेलाडीले प्रतिसपर्धा गर्ने नेपाली टोलीका प्रमुख प्रशिक्षक के.बि राना (काजी) ले बताउनुभयो ।
भैरहवामा आयोजित पत्रकार सम्मेलनमा रानाले भन्नुभयो , ‘५ देशका ५ सय खेलाडीको प्रतिसपर्धा हुने उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व मिसन गोजुरियोले गर्ने छ ।’
नेपाली खेलाडीले करातेको कुमुतें र काता विधामा प्रतिसपर्धा गर्नेछन् । प्रतिसपर्धामा ७ जना महिला खेलाडी र १३ जना पुरुष खेलाडीको सहभागिता रहने छ ।
यस अघि भारतकै पुना, दिल्ली र पटनामा सम्पन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा टिम च्याम्पियन समेत नेपाली टोलीले ९ औ अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि दमदार प्रतिसपर्धा गर्ने मिसन गोजुरियोका केन्द्रिय सचिव गिरी प्रसाद पुनले बताउनुभयो ।
प्रतियोगितामा विगतमा अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्णपदक विजेता खेलाडीहरु रुपा राना, सन्तु थारु, सुमन परियार, साहिल गुरुङं, विपीन गुरुंङ लगायतका खेलाडीहरुको सहभागिता हुने पत्रकार सम्मेलन आयोजक संस्था मिसन गोजुरियो रुपन्देहीका अध्यक्ष उमेश थापाले बताउनुभयो ।
पुर्व मेदिनीपुर हलदिया कराते गेम्स एण्ड स्पोर्टस एशोसियसन एण्ड सितोरियो कराते अफ इण्डीयाको आयोजनामा हुने नवौं अन्तर्राष्ट्रिय कराते च्याम्पियन २०२० प्रतियोगितामा पनि यो टिम च्याम्पियनसिप बनेर देशको नाम इतिहासमा स्वर्णिम अक्षरले लेख्ने विश्वास जापान गोजुरियो मिसनका प्रमुख सल्लाहकार भरत बहादुर के.सी.ले बताउनुभयो ।