Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लक्ष्मीनगरको विकासमा सामूहिक प्रतिवद्वता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लक्ष्मीनगरको विकासमा सामूहिक प्रतिवद्वता

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0
लक्ष्मीनगरको विकासमा सामूहिक प्रतिवद्वता
40
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, १३ पुस । बुटवलको लक्ष्मीनगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नकालागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिवद्वता जनाएका छन् । चुरे पहाडको काखमा रहेको लक्ष्मीनगरको विकासले समग्र बुटवलको गरिमालाई उचो राख्ने उनीहरुको भनाइ छ ।
बुटवलको शिरमा रहेको लक्ष्मीनगर हरेक प्रकारले महत्वपूर्ण रहेकाले पर्यटकलाई आर्कषित गर्नेगरी विकास गर्नुपर्नेमा उनीहरुले सामूहिक प्रतिवद्वता जनाए ।
लक्ष्मीनगर विकास केन्द्रको १४ औं बार्षिक साधारण सभामा बोल्ने स्थानीय अगुवाले लक्ष्मीनगर प्रकृतिको धनी भएकाले भौतिक विकास गर्नुको विकल्प नभएको बताए । लक्ष्मीनगरको उचित विकास हुनसके आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्मीनगर ल्याउन सकिने भएकाले विकासमा एकतावद्व भएर लाग्ने स्थानीय अगुवाको प्रतिवद्वता छ ।
सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीलले लक्ष्मीनगरको विकासका लागि आवश्यक वजेट व्यवस्थापन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । लक्ष्मीनगरको भौतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, वातावरण तथा सरसफाईंको उचित व्यवस्थापनका लागि पहल गर्ने उहांले बताउनुभयो ।
लक्ष्मीनगर विकास केन्द्रका अध्यक्ष परमानन्द भट्टराईले केन्द्रको मुख्य काम खानेपानी वितरण गर्ने भएपनि शिक्षा, स्वास्थ्य, सडक र सरसफाईमा सहयोग पुराएको बताउनुभयो । केन्द्रले सुरु गरेको लक्ष्मीपार्क निर्माण सम्पन्न गर्नका लागि सबैसंग सहकार्य र सुझबुझका साथ अगाडी बढ्ने प्रतिवद्वता उहांले जनाउनुभयो । कार्यक्रममा केन्द्रका उपाध्यक्ष गोकर्ण ज्ञवाली, सल्लाहाकार हरिप्रसाद घिमिरे, नारायण भट्टराई, गंगा पन्थी, सहदेव श्रेष्ठ, लक्ष्मी गुरुङ, कमल न्यौपाने, दुर्गाप्रसाद शर्मा लगायतले बोल्दै लक्ष्मीनगरको विकासले बुटवलको विकासलाई टेवा पुराउने बताउनुभयो ।
केन्द्रका अध्यक्ष परमानन्द भट्टराईको अध्यक्षता महासचिव दुर्गा सिग्देलको सञ्चालनमा भएको कार्यक्रममा बृद्ववृद्वा डम्बरसिंह थापा र रिमकला घिमिरेलाई सम्मान गरिएको थियो । त्यस्तै लक्ष्मी माध्यामिक विद्यालयमा अध्ययनरत तीन जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो । लक्ष्मीनगर विकास केन्द्रले बार्षिक रुपमा छात्रावृत्ति प्रदान र बृद्ववृद्वालाई सम्मान गर्दै आएको छ ।
लक्ष्मीनगर विकास केन्द्रले लक्षीनगर क्षेत्रमा ४ सय ९४ खानेपानीका धारा वितरण गरेको छ ।

≪ Previous Post

पोखरेलको वंशावली बिमोचन, संस्कृति जोगिए वंश जोगिन्छ

Next Post ≫

कलकत्तामा हुने अन्तर्राष्ट्रिय करातें प्रतियोगितामा नेपाली टिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क