बुटवल, १३ पुस । हिन्दू धर्मका प्रकाण्ड विद्धान स्वामी परशु मस्तरामले संस्कार र संस्कृति जोगिएमात्रै वंश परम्परा जिवित रहने बताउनुभएको छ । सबै गोत्र र जातजातिको बंश कायम रहिराख्नका लागि संस्कारहरु चालचलनमा रहिराख्नुपर्ने बताउनुभयो ।
गुल्मी जिल्ला पराल्मीका पोखरेलहरुको बंशावली पुस्तक विमोचन गर्दै स्वामी मस्तरामले धर्म र संस्कृति बचाउन सके मुलुकको अस्तित्व समेत कायम रहने बताउदै कुलको संरक्षणका लागि युवापुस्तामा बंश परम्परालाई स्थानान्तरण जरुरी रहेको बताउनु भयो ।
पराल्मी पोखरेल समाज काठमाण्डौं र बुटवलको संयुक्त आयोजनामा बंशावलीको बिमोचन गरिएको हो । मुलुकका बिभिन्न जिल्लामा पोखरेल थरीहरु रहे पनि दूध पोखरेलहरुको बंशावली तयार पारिएको हो । वंशावलीमा ६ पुस्ताको विवरण समेटिएको छ ।
वंशावलीको विषयवस्तु विषयमा बोल्दै प्राध्यापक डा. नुरापति पोखरेलले वंशावलीले पुर्खाको योगदानलाई जिवित गराइराख्ने बताउनुभयो । पश्चिममा दूध र पूर्वमा पानी पोखरेल पाइने गरेको भन्दै पश्चिमका दूध पोखरेलहरुको एउटै वंश रहेको हुनसक्ने उहांले बताउनु भयो । धुर्काेटका भुवानन्द बंशको मात्रै इतिहास भेटिएको उहांको भनाई छ ।
![](https://sansarpost.com/bhitra/2019/12/1-2-1024x550.jpg)
वंशावली प्रकाशन समाजका सचिव वालकृष्ण पोखरेलले दूध पोखरेलहरु भारतको गढवाल क्षेत्र हुदै पश्चिम नेपालको दैलेखबाट पोखरा, धुर्काेट, बलिथुमसंगै पराल्मी पुगेको इतिहास भेटिएको बताउनुभयो । पोखरेलका पूर्वज भुवानन्द पाध्याका बंश नै पराल्मीसहित बिभिन्न स्थानमा छरिएको उहांले बताउनु भयो । भुवानन्दका चारभाई छोराका सन्तानहरु नै अहिले एकसय बढी घरधुरीमा फैलिएको उहांको भनाई छ । प्रकाशन समितिका अध्यक्ष खिमानन्द पोखरेलले पुर्खाको चिनारी बचाई राख्नका लागि बंशावली आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै बिमोचन कार्यक्रममा बोल्दै डिल्लीराज पोखरेलले पोखराबाट बसाई सरेको भएर पोखरेल थर रहन गएको भन्दै स्पष्ट अध्ययन छैन, तर कतिपय सन्दर्भमा पोखराबाट बसाई सरेको र पोखरी आसपासमा बसेकाले पोखरेल रहन गएको देखिन्छ, उहांले भन्नुभयो ।
त्यस्तै डा. केशवराज पोखरेलले आर्य संस्कृति, सभ्यता र परम्पराका सम्वाहकका रुपमा भुवानन्द नै धरोहर र पथप्रदर्शक भएको बताउनुभयो । त्यस्तै पराल्मी पोखरेल समाज बुटवलका अध्यक्ष बाबुराम पोखरेलले छरिएर रहेका वंशीय दाजूभाईहरुलाई एकीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरेल समाज बुटवलका सचिव गोबिन्द प्रसाद पोखरेलले कुल पुजाको संस्कारिक पहिचान राख्न आवश्यक रहेको बताउदै सबै स्थानमा एकै शैलीबाट मनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा समाजका काठमाण्डौं समितिका कोषाध्यक्ष मुक्तिराम पोखरेलले आयव्यय प्रतिवेदन पेश गर्नुूभएको थियो । कार्यक्रममा पर्शुराम पोखरेल, सरोज पोखरेल, राधा पोखरेल, शालिकराम पोखरेल, नेत्रप्रसाद पोखरेल लगायतले बोल्दै वंशीय परम्परा बचाइराख्नका लागि छुटेका दूध पोखरेललाई समेत समेट्नुपर्ने बताउनुभयो ।
![](https://sansarpost.com/bhitra/2019/12/3-1024x615.jpg)