Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पोखरेलको वंशावली बिमोचन, संस्कृति जोगिए वंश जोगिन्छ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पोखरेलको वंशावली बिमोचन, संस्कृति जोगिए वंश जोगिन्छ

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0
पोखरेलको वंशावली बिमोचन, संस्कृति जोगिए वंश जोगिन्छ
70
SHARES
ShareTweet


बुटवल, १३ पुस । हिन्दू धर्मका प्रकाण्ड विद्धान स्वामी परशु मस्तरामले संस्कार र संस्कृति जोगिएमात्रै वंश परम्परा जिवित रहने बताउनुभएको छ । सबै गोत्र र जातजातिको बंश कायम रहिराख्नका लागि संस्कारहरु चालचलनमा रहिराख्नुपर्ने बताउनुभयो ।
गुल्मी जिल्ला पराल्मीका पोखरेलहरुको बंशावली पुस्तक विमोचन गर्दै स्वामी मस्तरामले धर्म र संस्कृति बचाउन सके मुलुकको अस्तित्व समेत कायम रहने बताउदै कुलको संरक्षणका लागि युवापुस्तामा बंश परम्परालाई स्थानान्तरण जरुरी रहेको बताउनु भयो ।
पराल्मी पोखरेल समाज काठमाण्डौं र बुटवलको संयुक्त आयोजनामा बंशावलीको बिमोचन गरिएको हो । मुलुकका बिभिन्न जिल्लामा पोखरेल थरीहरु रहे पनि दूध पोखरेलहरुको बंशावली तयार पारिएको हो । वंशावलीमा ६ पुस्ताको विवरण समेटिएको छ ।
वंशावलीको विषयवस्तु विषयमा बोल्दै प्राध्यापक डा. नुरापति पोखरेलले वंशावलीले पुर्खाको योगदानलाई जिवित गराइराख्ने बताउनुभयो । पश्चिममा दूध र पूर्वमा पानी पोखरेल पाइने गरेको भन्दै पश्चिमका दूध पोखरेलहरुको एउटै वंश रहेको हुनसक्ने उहांले बताउनु भयो । धुर्काेटका भुवानन्द बंशको मात्रै इतिहास भेटिएको उहांको भनाई छ ।


वंशावली प्रकाशन समाजका सचिव वालकृष्ण पोखरेलले दूध पोखरेलहरु भारतको गढवाल क्षेत्र हुदै पश्चिम नेपालको दैलेखबाट पोखरा, धुर्काेट, बलिथुमसंगै पराल्मी पुगेको इतिहास भेटिएको बताउनुभयो । पोखरेलका पूर्वज भुवानन्द पाध्याका बंश नै पराल्मीसहित बिभिन्न स्थानमा छरिएको उहांले बताउनु भयो । भुवानन्दका चारभाई छोराका सन्तानहरु नै अहिले एकसय बढी घरधुरीमा फैलिएको उहांको भनाई छ । प्रकाशन समितिका अध्यक्ष खिमानन्द पोखरेलले पुर्खाको चिनारी बचाई राख्नका लागि बंशावली आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै बिमोचन कार्यक्रममा बोल्दै डिल्लीराज पोखरेलले पोखराबाट बसाई सरेको भएर पोखरेल थर रहन गएको भन्दै स्पष्ट अध्ययन छैन, तर कतिपय सन्दर्भमा पोखराबाट बसाई सरेको र पोखरी आसपासमा बसेकाले पोखरेल रहन गएको देखिन्छ, उहांले भन्नुभयो ।
त्यस्तै डा. केशवराज पोखरेलले आर्य संस्कृति, सभ्यता र परम्पराका सम्वाहकका रुपमा भुवानन्द नै धरोहर र पथप्रदर्शक भएको बताउनुभयो । त्यस्तै पराल्मी पोखरेल समाज बुटवलका अध्यक्ष बाबुराम पोखरेलले छरिएर रहेका वंशीय दाजूभाईहरुलाई एकीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरेल समाज बुटवलका सचिव गोबिन्द प्रसाद पोखरेलले कुल पुजाको संस्कारिक पहिचान राख्न आवश्यक रहेको बताउदै सबै स्थानमा एकै शैलीबाट मनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा समाजका काठमाण्डौं समितिका कोषाध्यक्ष मुक्तिराम पोखरेलले आयव्यय प्रतिवेदन पेश गर्नुूभएको थियो । कार्यक्रममा पर्शुराम पोखरेल, सरोज पोखरेल, राधा पोखरेल, शालिकराम पोखरेल, नेत्रप्रसाद पोखरेल लगायतले बोल्दै वंशीय परम्परा बचाइराख्नका लागि छुटेका दूध पोखरेललाई समेत समेट्नुपर्ने बताउनुभयो ।

≪ Previous Post

राममणि क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न

Next Post ≫

लक्ष्मीनगरको विकासमा सामूहिक प्रतिवद्वता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क