म्णिग्राम, १३ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्रमाणित संस्था राममणि बहुमुखी क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसका विभिन्न तहमा अध्ययनरत छात्र र छात्राहरूका फरक फरक १६ समूहले प्रतिस्पर्धा गरेका थिए ।
छात्रतर्फको प्रतियोगितामा वी.वी.एस. पहिलो वर्ष गोपाल न्यौपानेको समूह पहिलो, कक्षा ११ शिक्षाशास्त्र विशाल थापाको समूह दोस्रो र वी.एड. दोस्रो वर्ष प्रविन थापामगरको समूह तेस्रो भएका थिए ।
त्यस्तै, छात्रातर्फको प्रतियोगितामा कक्षा ११ शिक्षाशास्त्र रूपा सारूको समूह पहिलो, कक्षा १२ व्यवस्थापन जुनु चौधरीको समूह दोस्रो र वी.वी.एस. चौथो वर्षको पार्वती पुनको समूह तेस्रो भएका थिए ।
प्रतियोगिता समापन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले क्याम्पस तथा विद्यार्थीको चौतर्फी विकासका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक माया घिमिरेको संयोजकत्व तथा मधुसुदन खनालको सञ्चालनमा भएको थियो ।