Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल मेलाको वक्तृत्वकला प्रतियोगितामा जनजागृतिकी स्नेहा प्रथम
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल मेलाको वक्तृत्वकला प्रतियोगितामा जनजागृतिकी स्नेहा प्रथम

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0
बुटवल मेलाको वक्तृत्वकला प्रतियोगितामा जनजागृतिकी  स्नेहा प्रथम
80
SHARES
ShareTweet

बुटवल, १३ पुस । बुटवल देवीनगर स्थित औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनजागृति माबि योगिकुटीकी स्नेहा पौडेल प्रथम भएकी छन् । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ बुटवल उद्योग बाणिज्य संघले आयोजना गरको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा १५ बिद्यालयका सहभागिलाई पछि पार्दै स्नेहा प्रथम भएकी हुन् ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ विषयमा मेलाको पाँचौदिन आईतबार आयोजना गरिएको प्रतियोगितामा बुटवल ईलिट स्कुलकी समिरा सोनी द्वितीय, एभरेष्ट बोर्डिङ् स्कुलकी तला भण्डारी तृतीय र लुम्बिनी बोर्डिङ स्कुलकी रिया पाण्डेले सान्त्वना स्थान हासिल गरेकाले निर्णायक मण्डलका संयोजक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

उनीहरुलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले क्रमशः १० हजार, ६ हजार, ४ हजार र २ हजार रुपैंया नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो । त्यस्तै कान्ति माबिकी दिपिका घिमिरेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । उनलाई प्रत्साहन स्वरुप मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

आईतबार चिसो मौषमका बिच पनि मेला अवलोकन कर्ताहरुको उत्साहजनक सहभागिता रहेको मेला सचिवालयले जनाएको छ । आईतबार प्रदेश पाँचका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले मेलाको स्थलगत अवलोकन गर्नुभएको छ । मेलाको अवलोकन पछि मन्त्री गिरीले ५ नं. प्रदेश मुलुकको आर्थिक बिकासकालागि कृषिमा प्रयाप्त सम्भावना बोकेको बताउनु भयो । कृषिको प्रवद्र्धन र व्यबसायिक बिकास अपरिहार्य रहेको समेत उहाँले औंल्याउनु भयो । उहाँले प्रदेश बिकासका सम्भावनाहरु कृषि, उद्योग र पर्यटनकालागि प्रदेश सरकार गम्भिर रहेको बताउँदै कृषि, उद्योग र पर्यटन प्रवद्र्धन गर्नेगरी औद्योगिक व्यापार मेला आयोजना गरेकोमा संघलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रदेशको औद्योगिक बिकासमा नीजि क्षेत्रबाट प्राप्त भएको सहयोगले सरकारलाई उत्साह थपिएको मन्त्री गिरी उल्लेख गर्नुभयो ।

आईतबार मेलामा ईन्द्रेणीको दोहोरी कार्यक्रम, लोक तथा दोहोरी गायक विष्णु खत्री, दिपु मगर, शर्मिला विश्वकर्मा, विष्णु श्रीपाली, डान्सर करिस्मा ढकाल र राज केसी, भ्वाईस अफ बुटवलका प्रतिस्पर्धीहरुको प्रस्तुती रहेको थियो । त्यस्तै सोमबार आधुनिक गायक प्रमोद खरेल, लोक गायक नारायण रायमाझी, रामचन्द्र कोईराला, पुरुषोत्तम गैरे, जुना श्रीस, कार्यक्रम सञ्चालक खेमराज रेग्मी, भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

त्यस्तैगरी दोहोरी गीत प्रतियोगिता तथा बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सुरु हुनेछ । दोहोरी गीत प्रतियोगितामा ८ टिम र बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा १० टिम सहभागि रहेको सांस्कृतिक कार्यक्रम संयोजक टंकप्रसाद गैरेले जानकारी गराउनु भयो ।

स्टल मुल्यांकन

मेलामा सहभागि स्टलहरुको आन्तरिक रुपमा मुल्यांकन सुरु भएको छ । मुल्यांकन एवं उपहार व्यबस्थापन उपसमितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंहका अनुसार स्टलमा सहभागिको आन्तरिक रुपमा मुल्यांकन सुरु गरिएको र मुल्यांकनमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने छ । जसमा समग्र स्टल, हस्तकला, तयारी खाद्यान्न, कृषि, प्रविधी तथा दुर्गम क्षेत्र छुट्टाछुट्टै मुल्यांकन गरिने छ ।

≪ Previous Post

प्रदेशको उद्योगको अवस्था र संभावनाको खोजीका लागि उद्यमशिलता सम्मेलन

Next Post ≫

राममणि क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क