Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशको उद्योगको अवस्था र संभावनाको खोजीका लागि उद्यमशिलता सम्मेलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशको उद्योगको अवस्था र संभावनाको खोजीका लागि उद्यमशिलता सम्मेलन

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0
90
SHARES
ShareTweet

बुटवल १३ पुस
रुपन्देही उद्योग संघले उद्योगको अवस्था र समस्या पहिचान, समाधान र सम्भावनाको खोजीका लागि प्रदेश स्तरीय उद्यमशिलता सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन २०७७ वैशाख २६ गते गर्ने संघले जनाएको छ ।
प्रदेश नं. ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विशाल मिडिया गु्रपसँगको सहकार्यमा सम्मेलनको आयोजना हुने संघका अध्यक्ष बाबुराम बोहोराले जानकारी गराउनु भएको छ । सम्मेलनमा प्रदेश नं ५ का १२ जिल्लाका उद्यमी ब्यवसायी संगै देश भरीका प्रतिष्ठित उद्यमी ब्यवसायीका अगुवाहरुलाई सहभागी गराई उद्योग र उद्यमीका समस्याहरु बारे छलफल हुने छ । प्रदेश भित्रको लगानी, उद्यमशीलताको अवस्था र यस क्षेत्रको आर्थिक विकासका लागि सरकारले गरिरहेको कामको बारे जानकारी दिने उद्देश्यका साथ सम्मेलनको आयोजना हुन गइरहेको वहाँले बताउनु भयो ।
सम्मेलनमा देशका प्रतिष्ठित उद्यमीहरु, प्रदेशभित्र स्थायी घर भई हाल नेपाल र नेपालबाहिर रहेका लगानीकर्तालाई एकै ठाउँमा भेला गरी प्रदेशमा बोलाई प्रदेश भित्रको लगानीका सम्भावना र हाल कायम समस्या समाधानका लागि आवश्यक छलफल गरिने विशाल मिडिया ग्रुपका कार्यकारी निर्देशक बिशाल गैरेले बताउनु भयो ।
प्रदेश सरकारले लगानीका लागि आह्वान गर्ने लगानीकर्तालाई सहजीकरण गर्ने तथा निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने वातावरण तयार गर्न सरकार र निजि क्षेत्र एक ठाउँमा बसेर छलफल गर्ने उद्देश्य रहेकाले यस सम्मेलन मिनी लगानी सम्मेलन समेत भएको गैरेको दावी छ ।
सम्मेलनमा प्रादेशिक संरचना भित्र उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाट अर्फ कम्पनी र त्यस माथीको लगानीबारे लगानीकर्तासगं छलफल चलाउने र लगानी जुटाइदिने, सरकार र युवा उद्यमीहरुबिच छलफलको वातावरण निमार्ण गर्ने अवसरको रुपमा सम्मेलनलाई लिइएको नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले बताउनु भयो ।
सम्मेलनमा देशका विशिष्ट व्यक्तित्वहरु, राष्ट्रका महत्वपूर्ण अंगका प्रमुखज्यूहरु तथा उद्यमशीलतामा रुचि राख्ने युवा, विधार्थीहरु, उद्यमीहरु, लगानीकर्ताहरु, बिज्ञ, सरोकारवाला सहित प्रदेशभित्रका ४ सय उद्यमी तथा प्रदेश बाहिरका १ सय बरिष्ठ उद्यमी समेत गरी ५ सय जनाको सहभागीता रहने संघका महासचिव जीवकान्त काप्mलेले जानकारी गराउनु भएको छ ।
प्रदेशको उद्यमशीलतामा काम गरिरहेका दातृ संस्थालाई समेत सहकार्यमा जोड्ने गरी कार्यक्रम ब्यवस्थापनको तयारीमा लागेको रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले बताउनु भयो ।
प्रदेशभित्र औद्योगिक लगानी बढाउन र पर्यटनका माध्यमबाट उद्यमलाई प्रोत्साहन गर्न र भिजिट नेपाल २०२० लाई सफल बनाउन यो सम्मेलनले निकै महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएकोे छ ।

≪ Previous Post

सीमा बिवादबारे श्वेतपत्र जारी गर्न शान्ति समाजको माग

Next Post ≫

बुटवल मेलाको वक्तृत्वकला प्रतियोगितामा जनजागृतिकी स्नेहा प्रथम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क