Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सीमा बिवादबारे श्वेतपत्र जारी गर्न शान्ति समाजको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सीमा बिवादबारे श्वेतपत्र जारी गर्न शान्ति समाजको माग

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0
सीमा बिवादबारे श्वेतपत्र जारी गर्न शान्ति समाजको माग
80
SHARES
ShareTweet

बुटवल १३ पुस
सीमा बिवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएको छ ।
आईतवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाइ ज्ञापनपत्र पठाइएको हो ।
भारतले जारी गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउनु पर्ने, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर्नु पर्ने भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गरिरहेको शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिनु भयो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पन्तले सार्वजनिक सरोकारको चासोको बारेमा शान्ति समाजले उठाएको बिषयलाई सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाउनु भयो । उहाँले देशको ध्यान यहि बिषयमा केन्द्रित भैरहेको समेत बताउनु भयो ।
कालापानी—लिम्पियाधुरा,लिपुलेकदेखि नेपालका मिचिएका भूभाग फिर्ता र ती क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने भन्दै देशभर नै यसप्रकारको कार्यक्रम भैरहेको मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डी पी खनाल (धनपति)ले बताउनु भयो ।
भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमानमा आहत पुगेको ठहर गर्दै सिडिओ मार्फत ज्ञापनपत्र बुझाइएको समाजका रुपन्देही सहसचिब कपिल ज्ञवालीले बताउनु भयो । समाजले कालापानीबाट तत्काल भारतीय सेना फिर्ता जानुपर्ने,भारतले प्रकाशित गरेको नयँ राजनीतिक नक्सा तुरुन्त सच्याउर्ने ,संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न माग गरेको हो ।
भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीसंग छलफल अघि बढाउन प्रधानमन्त्रीलाई शान्ति समाजले आग्रह गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

≪ Previous Post

सरकारको अनुभुति दिलाउन भिजिट नेपालको शुभारम्भ बर्दियावाट: पर्यटन मन्त्री गिरि

Next Post ≫

प्रदेशको उद्योगको अवस्था र संभावनाको खोजीका लागि उद्यमशिलता सम्मेलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क