Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकारको अनुभुति दिलाउन भिजिट नेपालको शुभारम्भ बर्दियावाट: पर्यटन मन्त्री गिरि
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारको अनुभुति दिलाउन भिजिट नेपालको शुभारम्भ बर्दियावाट: पर्यटन मन्त्री गिरि

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0
सरकारको अनुभुति दिलाउन भिजिट नेपालको शुभारम्भ बर्दियावाट: पर्यटन मन्त्री गिरि
100
SHARES
ShareTweet

भ्रमण वर्ष अवधीमा प्रदेशका १२ वटै जिल्लामा पर्यटन महोत्सव गरिने


बुटवल, १३ पुस
पाँच नम्बर प्रदेशवाट अलग हुने चेतावनी दिएका वाँके ,बर्दीयाका नागरिकलाई सरकारको अनुभुर्ति दिलाउन भिजिट नेपाल २०२०को शुभारम्भ बर्दियाको ठाकुरद्धारबाट गर्न लागिएको प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा बतावरण मन्त्री लिला गिरिले बताउनु भयो ।
प्रदेश ५ वाट बाँके ,वर्दियालाई कर्णाली प्रदेशमा जान नदिनका लागि नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२०को शुभारम्भ बर्दियाको ठाकुरद्धारबाट गर्न लागिएको मन्त्री गिरिले स्पष्ट पार्नु भयो ।
भिजिट नेपाल २०२०को तयारीको अवस्था र शुभारम्भवारे जानकारी गरनाउन आईतवार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री गिरिले भिजिट नेपाल २०२०को शुभारम्भ बर्दियाको ठाकुरद्धारमा भव्य तयारी गरिएको बताउदै जनवरी १ मा प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलद्धारा उदघाटन गरिने कार्यक्रम तय भएको जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा जनवरी १ को पुर्व सन्ध्याको मध्य रातमा नेपालगञ्जको एक होटलवाट भ्रमण वर्षको स्वागत गर्ने, भोलीपल्ट बिहान वाँके जिल्लाको जंगल सफारीको उदघाटन समेत गर्ने कार्यक्रम तय भएको मन्त्री गिरिले बताउनु भयो ।
उदघाटन समारोहमा २ हजार २० जना भारतिय पर्यटकलाई सहभागि गराउने गरि कार्यक्रकमा तयारी गरिएको पनि मन्त्री गिरिले बताउनु भयो ।
भ्रमण वर्ष अवधीमा प्रदेशमा पर्यटन सम्बन्धी मेला महोत्सवका प्याकेज कार्यक्रम,लुम्बिनीमा ३ दिने पर्यटक बसाईको प्याकेज, घुम्न जाउ बर्दिया विशेष प्याकेज, वाँके जंगल सफारी विशेष, रानीमहल पर्यटकीय महोत्सव, सिस्ने हिमालको काखमा कमल दह पर्यटकीय महोत्सव, स्वर्गद्धारीमा १ लाख छिमेकी मुलुकका तिर्थालुलाई महाअभिषेक प्याकेज, लुम्बिनी हुदै डोल्पासम्मको ट्राभल रुटको अनुसंन्धान, प्रत्येक जिल्लामा पर्यटकीय मेला महोत्सवका लागि प्याकेज कार्यक्रमका लागि वजेट विनियोजन गरिएको मन्त्री गिरिले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
त्यसैगरि भ्रमण वर्ष अवधीमा प्रदेशका सवै जिल्लामा होमस्टे तालिम, होमस्टे पूर्वाधार निर्माण, पर्यटन प्रोफाईल, डकुमेट्री, वुद्ध सकिटको अध्ययन, र केही ठुला पर्यटकीय पूर्वाधारमा लगानी गरिने समेत बताईएको छ ।
प्रदेश सरकारले घोषणा गरी मनाई रहेकोे लुम्बिनी भ्रमण वर्ष तालिका अनुसार नै संचालनमा रहेको र समय आएपछि समिक्षा गरिने मन्त्री गिरिले बताउनु भयो ।
भ्रमण वर्षको दिन सुरु हुंदा समेत भैरहवाको अन्तराष्ट्रिय बिमान स्थलको काम नसकिएको प्रति चिन्ता व्यक्त गदै मन्त्री गिरिले फेरी ३ महिना म्याद थप्न निबेदन परेको संचारमाध्यमवाट जानकारी पाएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा भिजिट नेपाल २०२० का सहसंयोजक माधव नेपालले प्रदेश सरकारले भिजिट नेपालमा घुम्न जाउ वर्दिया नारा अगाडी सारेकाले यसलाई सफल पार्न सवैको सहयोग जरुरी रहेको धारणा राखनु भयो ।

≪ Previous Post

बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा

Next Post ≫

सीमा बिवादबारे श्वेतपत्र जारी गर्न शान्ति समाजको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क