Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0
बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा
70
SHARES
ShareTweet

बुटवल १३ पुस
नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सोमवार देखि बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी पुरा भएको छ ।
अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै रमाऔं भन्ने नाराका साथ पुस १४ देखि १६ गतेसम्म संचालन हुने सडक खाना महोत्सवमा १ सय २५ वटा स्टलको सहभागिता रहने निश्चित भएको छ ।
सडक खाना महोत्सव स्थललाई दुलही झै सिगाने काम भैरहेको स्टल व्यवस्थापन समितिका संयोजक मोहन पाण्डेले बताउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक समुन्द्र जिसीले सोमवार साँझदेखि शुरु हुने खाना महोत्सवको सबै तयारी पुरा गरि सकिएको र केवल कार्यक्रम स्थलमा सौन्दयता झलकाउने काम जारी रहेको बताउनु भयो ।
राष्ट्रको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गदै आन्तरिक तथा वाह् पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउदै बुटवल क्षेत्रका खानपानका परिकार वारे अवगत गराउनु नै खाना महोत्सवको लक्ष्य रहेको प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनु भयो ।
सडक खाना महोत्सव बुटवल उपमहामनगरपालिका वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकमा संचालन हुनेछ ।
तिन दिन सम्म सांझ ६ बजे देखि राती १२ बजे सम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
महोत्सव आयोजना हुने दिन पुष १४ गते सोमबार दिउसो १ बजे कार्यक्रम स्थलबाट विभिन्न जातजातीको सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको ¥याली निकालिने र ¥यालीको समापनसंगै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट अपरान्ह ४ वजे खाना महोत्सवको समुदघाटन हुने छ ।
सोही समारोहमा सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको सुईटडिसका रुपमा घोषणा गरिने कार्यक्रम रहेको महासचिव माधव कुमार खनालले बताउनु भयो ।

≪ Previous Post

मुल्य पाएन भन्दै उत्पादनलाई पोख्नु, फोडनु गलत : मुख्य मन्त्री पोखरेल

Next Post ≫

सरकारको अनुभुति दिलाउन भिजिट नेपालको शुभारम्भ बर्दियावाट: पर्यटन मन्त्री गिरि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क