Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मुल्य पाएन भन्दै उत्पादनलाई पोख्नु, फोडनु गलत : मुख्य मन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुल्य पाएन भन्दै उत्पादनलाई पोख्नु, फोडनु गलत : मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0
मुल्य पाएन भन्दै उत्पादनलाई पोख्नु, फोडनु गलत :  मुख्य मन्त्री पोखरेल
120
SHARES
ShareTweet


बुटवल, १२ पुस
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले दुग्धजन्य बस्तुको विविधिकरण तथा बान्ड बनाउन पर्नेमा जोड दिनु भयो ।
उहाँले कुनै पनि बस्तु प्रति उपभोक्ताहरुको विश्वास बढ्नुपर्ने भन्दै उपभोक्ताहरुको मन जित्नको लागि पनि डेरी व्यवसायीहरुलाई ब्रान्डीङ्गमा जान सुझाव दिनु भयो ।
मुख्य मन्त्री पोखरेलले कुनै पनि व्यवसाय सफल हुनको लागि सामुहिक एकता आवश्यक रहेको भन्दै डेरी एशोसीयसनसंग आवद्ध भएका व्यवसायीहरुले अझै बढि बस्तुको गुणस्तरमा विशेष ख्याल गर्न आग्रह गर्नु भयो ।
नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभाको शनिवार बुटवलमा उदघाटन गदै उहाँले कुनै पनि बस्तु उत्पादन पश्चात यसको उपभोक्ता सम्म लैजानको लागि विश्वास जित्न र उपभोक्ताको स्वाथ्यमा समेत ख्याल गर्न आग्रह गर्नु भयो ।
आफुले उत्पादन गरेको कृषि जन्य उत्पादनहरुलाई माया गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विरोधको रुपमा कुनै पनि उत्पादक किसान वा व्यवसायीहरुले कृषि जन्य उत्पादनलाई नै पोखेर, फोडेर वा अन्य कुनै पनि कारणले विरोध गर्ने परिपाटी गलत भएको बताउनु भयो ।
दुधको मुल्य पाएनौ भनेर दुध पोख्नु गलत रहेको भन्दै उहाँले विद्यालयमा गएर निशुल्क रुपमा वालबालिकाहरुलाई वितरण गरेर पनि विरोध गर्न सकिने र यसमा सरकारको ध्यानाकर्षण हुने बताउनु भयो ।
उत्पादनलाई व्यवसायीकतामा जोड्नपर्ने भन्दै मुख्य मन्त्री पोखरेलले घरको लागि दुध उपभोग गर्न पशु पाल्नु भन्दा पनि वाहिरबाट किनेर ल्याउदा महंगो हुने विषयमा उपभोक्तलाई बुझाउन जरुरी रहेको बताउनु भयो ।
उत्पादन लागतलाई कम गरी मुनाफा बढि गर्नको लागि सामुहिक लगानी आवश्यक भएको भन्दै किसानहरुलाई नै सहभागी गराएर उत्पादनमा साझेदारी गर्न आवश्यक रहेको यहाँकाृ बथन थियो ।
डेरीव्यवसायीहरुले आफुले दुधसंकलन गर्ने काम मात्रै गर्नुभन्दा पनि किसानहरुलाई पनि सहभागी गराएर दाना उत्पादन देखि लिएर दुध उत्पादन, बजारीकरण र उत्पादकत्वमा समेत वृद्धि गर्न सकिने बताएका छन ।
कार्यक्रममा प्रतिनिधीसभा सदस्य मोहन वानियाले स्वदेशी व्यवसायीहरु लगानीको लागि तयार हुँदा हुदै पनि विदेशबाट लगानी भित्र याउनु आफैमा गलत भएको धारणा राख्नु भएको थियो ।
उहाँले यसको लागि सरकार निकायबाट पहिला कुन कुनु क्षेत्रमा यहाँका व्यवसायीहरु लगानी गर्न आत्मनिभएर छन् भन्ने विषयमा निरर्कोल गरी बल्ल मात्रै लगानी भित्र्यानुपर्नेमा जोड दिर्नु भयो ।
यस्तै राष्ट्रिय सभा सदस्य लाल कुमार केसीले पनि किसानहरुको हक हितको लागि सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक बैकुण्ठ अधिकारीले धान पछि नेपालको सबैभन्दा बढि कृषि क्षेत्रमा दुधको योगदान बढि रहेको जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले किसान, दुग्ध व्यवसायी र अन्य आम उपभोक्ताहरुको हितको लागि सरकार जहिले पनि तयार रहेको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल डेरी एशोसीयसनको बारेमा पुर्व अध्यक्ष सुमित केडीया,एशोसीयसनका भावि योजना र वर्तमान अवस्थाको विषयमा अध्यक्ष राधाकृष्ण सापकोटाले प्रष्ट पार्नु भएको थियो ।

≪ Previous Post

बुटवलको दोस्रो सडक खाना महोत्सव .एैतिहासिक बनाईने

Next Post ≫

बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क