Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको दोस्रो सडक खाना महोत्सव .एैतिहासिक बनाईने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको दोस्रो सडक खाना महोत्सव .एैतिहासिक बनाईने

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0
बुटवलको  दोस्रो सडक खाना महोत्सव .एैतिहासिक बनाईने
80
SHARES
ShareTweet


बुटवल १२ पुस
नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै रमाऔं भन्ने नाराका साथ यही पुस १४ देखि १६ गतेसम्म बुटवलमा आयोजना गर्न लागिएको सडक खाना महोत्सवले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपुर्ण योगदान दिने आयोजक संस्था होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
सडकखाना महोत्सवका वारेमा जानकारी गराउन शनिवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जिसीले यस क्षेत्रमा संचालित होटल तथा रेष्टुरेण्टहरुले प्रदान गरेका सेवा सुविधा ,अतिथि सत्कारका साथै विभिन्न जातजातिका खानाका परिकारको स्वाद चखाउने र कला संस्कृतिको संरक्षण र संवद्र्धनमा गर्ने गरि तयारी गरिएको बताउनु भयो ।
राष्ट्रको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गदै आन्तरिक तथा वाह् पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउदै बुटवल क्षेत्रका खानका परिकार वारे अवगत गराउनु नै खाना महोत्सवको लक्ष्य रहेको प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनु भयो ।
सडक खाना महोत्सव बुटवल उपमहामनगरपालिका वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकमा संचालन हुनेछ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन ।
पत्रकार सम्मेलनमा महोत्सवलाई सफल बनाउन मिडियाको महत्वपूर्ण योगदान रहने भन्दै सहयोगको लागि आह्वान गरिएको महासचिव माधव कुमार खनालले बताउनु भयों ।
प्रथम बुटवल सडक खाना महोत्सव २०७५ मा विभिन्न खानाका परिकार सहितका ६० वटा स्टल सहभागी भएकोमा यस वर्ष १ सय वटा स्टलको सहभागी हुने छन ।
यो सडक खाना महोत्सवमा अस्थायी संरचना निर्माण गर्नुपर्ने र सडकमा कार्यक्रम गर्नुपर्ने भएकाले करिब ३० लाख बढी खर्च हुने लागत अनुमान आयोजकले गरेका छन ।
तिन दिन सम्म सांझ ६ बजे देखि राती १२ बजे सम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयाजकले गरेका छन ।
खाना महोत्सवमा क्षेत्रमा सि.सि टिभि क्यामरा जडान , फ्रि वाइफाई , प्राथमिक उपचार कक्षको समेत व्यवस्था मिलाइएको छ ।
महोत्सव आयोजना हुने दिन पुष १४ गते सोमबार दिउसो १ बजे कार्यक्रम स्थलबाट विभिन्न जातजातीको सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको ¥याली निकालिने र ¥यालीको समापनसंगै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट अपरान्ह ४ वजे खाना महोत्सवको समुदघाटन गर्नु हुने छ ।
सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको सुईटडिसका रुपमा घोषणा गरिने भएको छ ।
सडक खाना महोत्सवको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रलाय प्रदेश नं.५ संरक्षक, बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेका छन भने जिल्लाका अन्य नगरपालिका सहयोगी संस्थाका रुपमा रहेका छन् । महोत्सवको मूख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी रहेको छ भने सह प्रायोजक बायोटेक डिष्टीलरी प्रा.लि.र रोयल काठमाण्डौं हिमालयन वेभरेज प्रा.लि. रहेका छन ।

≪ Previous Post

बुटवल व्यापार मेलामा दर्शकको भिडभाड

Next Post ≫

मुल्य पाएन भन्दै उत्पादनलाई पोख्नु, फोडनु गलत : मुख्य मन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क