Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल व्यापार मेलामा दर्शकको भिडभाड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल व्यापार मेलामा दर्शकको भिडभाड

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0
बुटवल व्यापार मेलामा दर्शकको भिडभाड
50
SHARES
ShareTweet


बुटवल, १२ पुस बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा शनिबार एकैदिन ५० हजार बढी दर्शकले मेला अवलोकन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा चौंथो दिन शनिबार मात्रै ५० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
उहाँका अनुसार यहि पुसको ९ गतेदेखि शुरु भएको मेलामा हालसम्म ८५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेका छन् । बिदाको दिन भएका कारण शनिबार दर्शकको उपस्थिती बाक्लो भएको हो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको मेलामा औद्योगिक उत्पादन तथा प्रविधी समेतको प्रवद्र्धन गर्नेगरी ५ सय स्टल राखिएको छ । मेलामा राखिएका स्टलमा समेत अवलोकन कर्ता तथा दर्शकको उत्साहजन सहभागिता भएको स्टल धनीहरुले बताएका छन् ।
मेलामा राखिएको कृषि संग्राहलय, माटो बिना गरिने खेती प्रणाली (हाईड्रोपोनिक्स प्रविधी), बिशेष प्रकारले गरिने मौरी पालन पद्धती, पानीबाट चल्ने गाडी लगायतका स्टलमा दर्शकको भिड लागेको छ । शनिबार बढी भिड भएका कारण दर्शकलाई सहजताको लागि काउन्टर बाहेक पनि टिकट काट्ने व्यबस्था मिलाईएको कार्यसम्पादन समितिका सह–संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले बताउनु भयो ।
शनिबार मेलामा आधुनिक गायक सत्यराज र स्वरुपराज आचार्यको प्रस्तुतीले चिसो मौषमलाई तताएको थियो । उनीहरुको प्रस्तुतीले दर्शकको मन जितेको थियो । त्यस्तै लोक तथा दोहोरी गायक कृष्ण रेउले, प्रचण्ड जिसी, रितु थापा, कल्पना कुसुमको विशेष प्रस्तुती रहेको थियो, त्यस्तै भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहेको थियो । आईतबार ईन्द्रेणीको दोहोरी कार्यक्रम, लोक तथा दोहोरी गायक विष्णु खत्री, दिपु मगर, शर्मिला विश्वकर्मा, विष्णु श्रीपाली, डान्सर करिस्मा ढकाल र राज केसीको प्रस्तुती रहेने मेला सचिवालयले जानकारी गराएको छ । त्यस्तैगरी भ्वाईस अफ बुटवलको नियमित फाईनल प्रतिस्पर्धा जारी रहनेछ भने बिद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता सुरु हुनेछ ।

≪ Previous Post

सेना र पुलिसद्धारा सडक खाना महोत्सव स्थलको सफाई

Next Post ≫

बुटवलको दोस्रो सडक खाना महोत्सव .एैतिहासिक बनाईने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क