Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा दोस्रो सडक खाना महोत्सव शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा दोस्रो सडक खाना महोत्सव शुरु

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0
बुटवलमा दोस्रो सडक खाना महोत्सव शुरु
60
SHARES
ShareTweet

पर्यटकको विकासका लागि हप्तामा एक दिन घर वाहिर खाना खाने संस्कृतिको विकास गर्नु पर्ने: मुख्य मन्त्री पोखरेल



बुटवल १४ पुस
बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु भएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव आयोजना गरिएको हो ।
सडक खाना महोत्सवमा जातिगत रुपमा थारु ,मगर ,थकाली, गुरुङ ,क्षेत्री ,नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाईने भएकाले यसक्षेत्रको रौनक नै पृथक बनेको छ । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज,जापानिज,इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै रमाऔं भन्ने नाराका साथ पुस १६ गतेसम्म संचालन हुने सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका छन् ।
वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकको दायाबांया सडक खाना महोत्सव स्थल खानाका परिकारले सजिएको छ ।र्
सडक खाना महोत्सवमा जातिगत रुपमा थारु , मगर ,थकाली, गुरुङ ,क्षेत्री ,नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाईने भएकाले यसक्षेत्रको रौनक नै पृथक बनेको छ । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज,जापानिज,इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
तिन दिन सम्म सांझ ६ बजे देखि राती १२ बजे सम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनु भयो ।

मूल समारोहमा सुजाता खीर र दहीको कडीलाई रुपन्देहीको सुईटडिसका रुपमा घोषणा गरिएको रहेको महासचिव माधवकुमार खनालले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक कार्यक्रम समेत रहनेछ । बुटवलको बैकल्पिक मानिएको योगीकुटी—पुरानोबसपार्क (कालिकापथ) सडक निर्माणको चरणमा भएपनि आयोजकले ब्यबस्थित बनाउने प्रयास गरेका छन् ।

सडक खाना महोत्सवको एक विशेष समारोहका बीच प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गदै नेपालमा खाना संस्कृतिको विकास जरुरी रहेको बताउनु भयो । उहाले बुटवलको खाना महोत्सववाट हप्तामा एक दिन सपरिवार घरवाहिर गएर खाना खाने परिपार्टीको विकास गर्न जरुरी रहेको छ भन्दै त्यो गर्न सकेमा मात्र पर्यटनको विकास हुने र पर्यटन क्षेत्रमा लगानी बढने धारणा राख्नु भयो ।ं
मुख्खमन्त्री पोखरेलले बुटवललाई पर्यटकीय हव वनाउने हो भने परम्परागत शैलीमा परिवर्तन गरि नयाँ स्वाद र पृथक आनन्दको अनुभुति बुटवल आउने पर्यटकले पाएको सन्देश दिन सक्नु पर्नेमा जोड दिनु भयो । पर्यटन क्षेत्रको विकास तथा यस व्यवसायमा लगानीको विस्तारका लागि पनि हप्तामा एक दिन पुरै घर परिवार घर वाहिर गएर खाने पद्धतिको विकास जरुरी रहेको औल्याउदै उहाँले होटल व्यवसायीले जिल्लामा खाना पार्कको स्थापन गर्न आग्रह समेत गर्नु भयो । खाना पार्कमा विभिन्न खानाका परिकार संगै साँस्कृतिक मनोरंजन सहितको व्यस्था मिलाउन पर्ने धारणा राखनु भयो ।
कार्यक्रममा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरिले पर्यटन क्षेत्रमा ढुक्कसंग लगानी गर्न व्यवसायीलाई आह्वान गर्नु भयो ।
उहाँले दिनभरी काम गर्ने र रातीको समयमा मनोरजन गर्ने गरि बुटवललाई २४ औ घण्टा उज्यालो शहरका रुपमा विकास गर्न प्रदेश सरकारले सोच अगाडी बढाएको जानकारी गराउनु भयो । संघका अध्यक्ष समुन्द् जिसीको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायीमहासंघका अध्यक्ष हिरा ध्वज शाह, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी ,प्रदेश ५का अध्यक्ष भास्कर काफले लगायतले खाना महोत्सवको सफलताको कामना गर्नु भएको थियो । यस अघि कार्यक्रम स्थलबाट विभिन्न जातजातीको सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । सांस्कृतिक पहिचान झल्किने झाँकीमा क्षेत्री समाज नेपाल रुपन्देही प्रथम, तितेपाती महिला बचत तथा सहकारी संस्था द्धितीय, र अर्घाखाची नेवार समाज र थकाली सेवा समिति तृतिय भै पुरस्कृत भएका छन ।

≪ Previous Post

औद्योगिक व्यापार मेला , बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम

Next Post ≫

बुटवलमा संचालित दोस्रोे सडक खाना महोत्सवमा दर्शकहरुको घुईचोको झलकहरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क