Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा थारु समुदाय क्रियाशिल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा थारु समुदाय क्रियाशिल

संसारपोस्ट संवाददाता · ३ पुष २०७६ · 0
मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा थारु समुदाय क्रियाशिल
90
SHARES
ShareTweet


कपिलबस्तु पुस,
थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरु लोप हुने संघारमा पुगेपछि बाणगंगा नगरपालिकाका थारु समुदाय क्रियाशिल भएर आफ्नो भाषा, संस्कृति र पहिचान जगेर्न गर्नमा लागेका छन् ।
वर्षौदेखि प्रयोग र जिवीकोपार्जन गर्दै आएका परम्परागत सीपहरु लोप हुने अवस्थामा पुगेपछि बाणगंगा नगरपालिका–८ का थारु समुदायहरु अहिले जागरुक भएका हुन् । उनिहरुले अहिले कसरी आफ्नो भाषा, संस्कृति संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत छन् । सोही कारणले अहिले उनीहरु थारु कला संस्कृतिको संरक्षण तथा मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले थारु समुदायको परम्परागत सिप विकास तालिम बाणगंगा–८ ढोडेकोलको समुदायिक भवनमा सुरु गरेको थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा गारपालिका –८ कपिलबस्तुका अध्यक्ष नाथुराम थारुले बताउनु भयो ।
यसरी बाणगंगा नगरपालिका वडा नं। ८ कपिलबस्तुको आयोजनामा ५ दिने ढोडेकोलको समुदायिक भवनमा थारु बाजा बजाउने र ढकिया बुन्ने तालिममा बुधबार पुष २ गते देखि ७ गते सम्मा सुरु गरिएको हो ।
विषेसगरीे थारु समुदायको परम्परागत सिपमुलक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरेको बाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष गुणनिधि भुसालले बताउनु भयो ।
५ दिन सम्मा चल्ने उक्त परम्परागत सीपमुलक तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष भुसालले पछिल्लो समय थारु कला संकृति लोप भइरहेकोले यसलाई संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताउनु भयो ।
उहांले कला संस्कृतिलाई बजारीकरण गर्दै परम्परागत लोक कला संस्कृतिहरुलाई नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नुपर्ने धारण राख्नु भयो । उहांले अब हाम्रो सिप, कला संस्कृतिलाई व्यवसायीकरण गर्दै आर्थिक आयआर्जनको पेशा संग जोडेर अगाडी वढ्न आवश्यक रहेको बताउनु भयो ।
उहाले भन्नु भयो–“हाम्रो कला संस्कृतिलाई लुम्बिनी क्षेत्रमा व्यापार गर्ने बेला भएको छ । पर्यटकहरुलाई आकर्षण गर्नको लागी स्थानिय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै कला संस्कृतिको आर्थिक रुपले व्यापार गर्न सक्नुपर्छ । जब सम्मा थारु आदिवासी जनजाति समुदायको संस्कृतिहरुलाई आर्थिक अयआर्जनको पाटोमा विकास गर्न सक्दैनौ तब सम्मा संस्कृतिको संरक्षणमा कठिनाई हुन्छ ।”
त्यस्तै थारु कल्यणकारीणी सभाका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी भोजराज थारुले थारु समुदायको कला संस्कृतिहरुको जगेर्ना गर्न तथा त्यसको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको जानकारी दिनु भयो ।
उहांले हाम्रो समुदायमा ढकिया, डेल्वा लगायतका विभिन्न हस्तकलाहरु बनाउने भए पनि ती कला संस्कृतिहरु लोप भइरहेको सन्दर्भमा यस तालिमले परम्परागत साँस्कृतिक कलाहरुलाई संरक्षण गर्ने र व्यावसय प्रवद्र्धन गर्ने ठुलो टेवा पुग्ने बताउनु भयो ।
उहांले थारु समुदायमा बाजा बजाउँने मनिसहरु भेटिन सामास्य भएको कारण अब यस किसिमको बाजा बजाउने तालिमले नयाँ युवाहरु बाजा बजाउने तालिम सिक्ने बताउनु भयो ।
कार्यक्रममा थारु संस्कृति संरक्षण तथा संवद्र्धन सभा बाणगंगा– ८ का उपाध्यक्ष तथा टोल विकास समितिका अध्यक्ष संक्रन्ती चौधरीले कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै कला संस्कृति संरक्षण गर्न हामी सबै एक जुट भएर लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा थारु संस्कृतिक संरक्षण तथा संवद्र्धन सभा वाणगंगा–८ का अध्यक्ष नाथु थारुको अध्यक्ष, उपाध्यक्ष संक्रन्ती चौधरीको स्वागत तथा वाणगंगा नगरपालिकाका वडा सचिव तेजराज अर्यालको संचालनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

≪ Previous Post

पश्चिमाञ्चल स्कुलको रजत जयन्तीका कार्यक्रम शुरु.

Next Post ≫

पर्यटन प्रवद्र्धनकालागि ब्यापार मेलामा सेल्फी जोन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क