Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निर्मल लामा स्मृति प्रतिष्ठानको जागरण अभियान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निर्मल लामा स्मृति प्रतिष्ठानको जागरण अभियान

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
निर्मल लामा स्मृति प्रतिष्ठानको जागरण अभियान
60
SHARES
ShareTweet

स्वाधिनताको लडाईमा देश एकताबद्ध ः पोखरेल


बुटवल, २१ मंसिर
नेकपा स्थायी समिति सदस्य तथा पूर्व सांसद लिलामणी पोखरेलले कालापानीको नेपाली भूमि मिचेर भारतले सार्वजनिक गरेको नक्शाले भारतसंगको सिमा समस्याको स्थायी समाधान निकाल्ने अवसर आएको बताउनु भएको छ ।
भारतसंगको सिमा तथा नेपाली भूमि अतिक्रमणको विषय र राष्ट्रिय स्वाधिनताको लडाईमा सिङ्गो देश एकताबद्ध भएको बर्तमान अवस्थामा उच्च राजनीतिक तवरबाट भारतसंगका सबै समस्या समाधान गर्न सरकार गम्भिर भएर लाग्न उहाँले सुझाव दिनु भयो ।
निर्मल लामा स्मृति प्रतिष्ठान, नेपाल रुपन्देही शाखाले शनिवार बुटवलमा जागरण अभियान अन्तरगत आयोजना गरेको भ्रष्ट्राचार विरुद्ध तथा राष्ट्रिय स्वाधिनताको विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सिमा विवाद उत्ताउलो प्रकारले समाधान हुने विषय नभएको र त्यसलाई राष्ट्र बचाउने आन्दोलनका रुपमा अगाडी बढाउनु जरुरी भएको धारणा राख्नु भयो । पोखरेलले कालीको मुहान लिम्पियाधुरादेखि सम्पूर्ण कालापानी क्ष्ँेत्रबाट भारतीय सेना फिर्ता गराउन नेपाली जनतामा ऐतिहासिक एकता कायम भएको हुदा असमान संझौता खारेजी गर्ने अभियानमा लाग्न आग्रह गर्नु भयो ।
पोखरेलले भ्रष्टाचारको कारण र स्रोत राज्य सत्ता र शक्ति भएको हुदाँ राज्य सत्तासम्म पहुच हुने व्यक्ति र संस्थाबाटै नेपालमा भ्रष्टाचार मौलाएको हुदाँ कारवाहीको दायरालाई सशक्त बनाउनु पर्ने बताउनु भयो । उहाँले शक्ति र सत्ताको आडमा हुने भ्रष्टाचारको अन्त्य गर्न भ्रष्टाचारमुखी आचारण विरुद्ध कठोर दण्ड व्यवस्था, उत्तरदायी राज्य प्रणाली, इमान्दार एवं अनुशासित राज्य संयन्त्र र नागरिक सचेतना जरुरी रहेको धारणा राख्नु भयो ।
नेपालमा बढ्दो भ्रष्टाचारले नागरिकको दैनिक जीवनदेखि राष्ट्रिय स्वतन्त्रता र स्वाधीनतासम्ममा दुश्प्रभाव परेको टिप्पणी गर्दै राजनीतिक दल र नेता कार्यकर्तामा विग्रिएको आचारणले नया नया रुपमा भ्रष्टाचार देखापरेको बताउनु भयो । उहाले नेपालको बर्तमान निर्वाचन प्रणालीले राजनीतिमा भ्रष्टाचार गर्न प्रोत्साहीत गरिरहेको हुदा निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको सुझाव आएको जनाउनु भयो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष हकिउल्ला खाँको अध्यक्ष्यतामा रमेश आर्चायको सञ्चालनमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य लेखराज रेग्मी, नेकपाका जिल्ला सचिव निर्मल जिसी, राष्ट्रिय उद्योग महासंघका डम्मरदेव अर्याल, शहिद प्रतिष्ठानका अध्यक्ष रामप्रसाद बञ्जाडे, निर्मल लामा प्रतिष्ठानका सचिव कृष्ण पोखरेल लगायत बोल्नु भएको थियो ।

≪ Previous Post

तिलोत्तमा लगानी सम्मेलन घोषणा : उद्योग निर्माणको काम शुरु

Next Post ≫

रोटरीद्वारा ह्वीयलचियर वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क