Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा लगानी सम्मेलन घोषणा : उद्योग निर्माणको काम शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा लगानी सम्मेलन घोषणा : उद्योग निर्माणको काम शुरु

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
तिलोत्तमा लगानी सम्मेलन घोषणा :  उद्योग निर्माणको काम शुरु
100
SHARES
ShareTweet


बुटवल २१ मंसिर
गत असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लाष्ट प्रा.लि.ले उद्योग निर्माणको काम सुरु गरेको छ । लगानी प्रतिबद्धताअनुसार नोबेलले तिलोत्तमा—१७, गंगोलियामा ११ करोड लगानी गर्नेगरी उद्योग निर्माणको काम अघि बढाएको हो ।
कुल १२ कठ्ठा जमिन रहेको उद्योगले एक वर्षभित्रै उत्पादन थाल्ने बताइएको छ । उद्योगमा भोजराज जिसी, डिलाकुमारी बगाले र नन्दीकेशर ढकालको संयुक्त लगानी छ ।
उद्योगले वातावरण प्रदुषण गर्ने प्लाष्टिकको पाउच लगायतलाई विस्थापित गर्ने विभिन्न सामानका साथै पुनः प्रयोग हुने रंगका बाल्टिन, फर्निचर, घरयासी उच्चस्तरीय सामानहरु उत्पादन गर्ने प्रबन्ध सञ्चालक भोजराज जिसीले जानकारी दिनुभयो । कम्पनी सञ्चालनको पहिलो वर्ष ७२० टन प्लाष्टिकका पुनः प्रयोग हुने सामान उत्पादन गरी विक्री गर्ने लक्ष्य लगानीकर्ताहरुले राखेका छन् ।
उद्योगमा कम्तिमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र ५०० जना व्यक्तिहरु अप्रत्यक्ष रुपमा लाभान्वित हुने उद्योगका सञ्चालक नन्दीकेशर ढकालले जानकारी दिनुभयो । लगानी सम्मेलनको प्रभावले आफूहरु उद्योग स्थापना गर्ने चरणमा पुगेको बताउँदै उहाँले औद्योगिक वातावरण निर्माण गरेकोमा नगरपालिका नेतृत्वको प्रशंसा गर्नुभयो ।
उद्योगका उत्पादनले वातावरण प्रदुषण नगराउने बरु वातावरण प्रदुषण गर्ने प्लाष्टिक झोलालाई विस्थापित गराउने प्रबन्ध सञ्चालक जिसीले प्रष्टाउनुभयो । कम्पनीमा स्थानीय व्यक्तिहरुलाई नै रोजगारीका लागि प्राथमिकता दिइने लगानीकर्ताहरुको भनाइ छ ।
शनिबार उद्योग शिलन्यास गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले लगानी सम्मेलनमा जनाएको प्रतिबद्धताअनुसार अरु लगानीकर्ताहरुले पनि परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । सम्मेलनपछि तिलोत्तमामा नयाँ लगानीकर्ताहरु थपिने क्रम बढेको बताउँदै उहाँले नगरपालिकाले मापदण्ड निर्माण गरी नगरपालिकामा बन्ने परियोजनाका लागि सडक, विद्युत्, पानीलगायतका पूर्वाधारमा सहजीकरण गर्ने बताउनुभयो ।
तिलोत्तमा औद्योगिक ग्रामको डिपिआर अघि बढेको जानकारी गराउँदै उहाँले लगानी सुरक्षाका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । शिलन्यास कार्यक्रममा तिलोत्तमा नगर उप—प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष दानबहादुर चौधरी, प्रेस सल्लाहकार बीपी गौतमलगायतका जनप्रतिनिधिहरुका साथै उद्योगी, व्यवसायी, बैंकर्सलगायतको सहभागिता रहेको थियो । सहभागीहरुले मुलुकको तीव्रतर आर्थिक विकासका लागि औद्योगिककरणमा जोड दिएका थिए ।

≪ Previous Post

प्रदेश ५ सरकारः भिजिट नेपाल सफल पार्न घुम्न जाउँ बर्दिया नारा तय

Next Post ≫

निर्मल लामा स्मृति प्रतिष्ठानको जागरण अभियान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क