Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ सरकारः भिजिट नेपाल सफल पार्न घुम्न जाउँ बर्दिया नारा तय
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ सरकारः भिजिट नेपाल सफल पार्न घुम्न जाउँ बर्दिया नारा तय

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
प्रदेश ५ सरकारः भिजिट नेपाल सफल पार्न घुम्न जाउँ बर्दिया नारा तय
120
SHARES
ShareTweet

लुम्बिनी देखि ढोरपाटन हुदै उपर मुस्ताङं ,पोखरा देखि सिस्ने हिमाल यात्रा सहितको प्याकेज



यमलाल भुसाल
बुटवल २१ मसिर
नेपाल सरकारले सन २०२०लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने गरि गरेको घोषणालाई साकार् वनाउन प्रदेश पाँचको सरकारले विशेष प्राथमिकता दिदै वर्ष भरी कार्यक्रम गर्ने तयारी गरेको छ ।
नेपाल भ्रमण वर्ष प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिको बुटवलमा सचिवालय स्थाापना गरि काम शुरु गरिएको छ । प्रदेश सरकारले यस वर्षको नेपाल भ्रमण वर्षलाई बर्दिया जिल्लालाई बढी फोकस गरि घुम्न जाउँ बर्दिया नारा नै तय गरेको छ ।
घुम्न जाउँ बर्दिया विशेष प्याकेजमा पर्या पर्यटन जंगल सफारी (हाती,बाघ र कृष्णसार ), साँस्कृतिक कार्यक्रम होम स्टेके व्यवस्थापन, कर्णालीमा रयाफटीगं लगायतलाई फोकस गरिएको छ । प्देश ५ को सरकारले बर्दियाको ठाकुरद्धारामै भिजिट नेपालको विशेष समारोहका बीच शुभारम्भ गर्ने गरि निर्णय समेत गरिसकेको छ ।
भिजिट नेपाललाई मध्यनजर गरि प्रदेशका विशेष क्षेत्र लुम्बिनी तिलौराकोट,पाल्पाको रानीमहलर रानीमहल दरवारमा राणाकालिन ऐतिहासिक सामाग्री राख्ने, प्युठानको स्वर्गदारीमा १ लाख भक्तजनलाई महाअभिषेक गर्ने, पोखरा आउने पर्यटकलाई वर्तिवाङ ं ढोरपाटन हुदै रुकुमको सिस्ने हिमाल सम्मको प्याकेज टुर बनाएर पर्यटकलाई घुमाउने कार्यक्रम तयार गरिएको छ ।
त्यसै गरि लुम्बिनी देखि ढोरपाटन हुदै अपर मुस्ताङसम्म पर्यटकलाई पुराउने योजना प्रदेश सरकारले जनाएको छ ।
बाँकेको राष्टिय निकुन्जमा जंगल सफारी, बुटवलको जितगढी देखि नुवाकोटसम्म म्याराथुन बुटवलमा खाना महोत्वसव, प्रदेशका पत्रकारलाई दुई वटा पर्यटन सम्बन्धी तालिम, रोल्पामा पर्यटन पत्रकारीता बैठकगर्ने गरि कार्यक्रम तय गरिएको छ । त्यसैगरि लुम्बिनीमा वौद्ध
विश्व विद्यालयको सहकार्यमा अन्र्तराष्टिय स्तरको वौद्ध साहित्य सम्मेलन गरि वौद्ध दर्शको वारेमा जानकारी गराउे र विश्वका वौद्धधमावल्लीलाई लुम्बिनी ल्याउन पहल गर्ने पनि कार्यक्रमा समावेश गरिएको छ ।
पर्यटन प्रवद्र्धन मार्फत मुलुकमा समृद्धि हासिल गर्न टेवा पुराउने , प्रदेशमा रहेका धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम ऐतिहासिक महत्वका स्थानहरुको पहिचान , संरक्षण सम्वद्र्धन तथा व्यवथापनमा टेवा पुराउने, लुम्बिनी क्षेत्रमा पर्यटकको वसाई लम्वाउने, लुम्बिनीलाई बुद्धको जन्मस्थल तथा बौद्ध दर्शनको उद्गम स्थलका रुपमा प्रचार प्रसार गर्ने गरि प्रदेश पाँच को राजधानी बुटवलमा सचिवालय स्थापना गरिएको नेपाल भ्रमण वर्ष २०२०को प्रदेश पाँचका सह संयोजक माधव नेपालले बताउनु भयो ।
सरकारले भिजिट नेपाललाई साकार बनाउन मुलुक भरका १ सय गन्तव्य स्थानलाई छनौट गरेकोमा प्रदेश पाँचमा नवलपरासीको वालमिकि आश्रम, रामग्राम रुपन्देहीको लुम्बिनी ग्लोवल पिस पार्क ,वाउन्नकोटी वन, शंकरनगरको वनवाटिका, सैनामैनाको पर्यटकीय क्षेत्र, कपिलवस्तुको निग्लीहवा, मायादेवी, तिलौराकोट,जगदिशपुर ताल , सागरताल,पाल्पाको तानसेन,रानीमहल, श्रीनगर डाडा, रम्वादेवी मन्दीर, अर्घाखाचीको सुपादेउराली ,पाणिनीतपोभुमी, गुल्मीको सत्यवती टुरीजम एण्ड रेलिजियस सेन्टर, रुरु क्षेत्र रुकुम पुर्वको गुरील्ला टेरेल, ढोरपाटन,माईकोट, फोक्सुन्डो टेरेल, रोल्पाको जलजला प्युठानको स्वर्गद्धारी ,रक्गार्डेन, झिमरुक,ओखरकोट पहाड, दाङ्कको वगरवावा रिलिजियस टुरिष्ट स्र्पोट, बाँकेको वागेश्वरी मन्दीर, बाँकेको राष्ट्रिय निकुन्ज,र बदिया जिल्लाको राष्ट्रिय निकुन्ज , डाला होमईस्टे ,कृष्णसार संरक्षण क्षेत्र ,ओमकेदारेश्वर धाम ,शिवमन्दीर क्षेत्र छनौटमा परेका छन ।
त्यसैगरि प्रदेश पाँचको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशित गरेको लुम्बिनी भिजिटर्स गाईडमा प्रदेशका तपशिलका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाएको छ ।उक्त गाईडमा पर्यटकीय गन्तव्यको विष्तिृत विश्लेषण, महत्वपुण हुनुको कारण तथा विशेषतालाई समेत उजागर गरिएको छ ।
गाईडमा लुम्बिनी, तिलौराकोट, कुदान ,निग्लीहवा ,गोटीहवा जगदिशपुर ताल देवदह रामग्राम स्तुप, त्रिवेणीघाट, जितगढी किल्ला, मणिमुकुन्द्रसेन उद्यान, शिदवावा, नुवाकोट गढी पर्रोहा धाम हिलपार्क , मुक्तिनाथ धाम, शंकनगर वनविहार रानीकुवा सेनामैना, भैरवस्थान, रानीमहल रुरु क्षेत्र रिडी ,रेसुङ्गा सुपादेउराली पाणिनी तपोभुमी , स्वगद्धारी, दाङको धारापानी धाम, पुरन्धारा बराह क्षेत्र, रिहार ,सिस्ने हिमाल, जलजला , थवाङ्ग, वागेश्वरी मन्दीर नेपालगञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, गाभर भ्याली होमस्टे, कर्णाली पुल चिसापानी, ठाकुरवावा बर्दिया, कृष्णसार संरक्षण क्षेत्र,बर्दिया राष्ट्रिय निकुञ्ज र ढोरपाटन सिकार आरक्षलाई समावेश गरिएको छ ।
प्रदेश सरकारले पर्यटन मन्त्री लिला गिरीको अध्यक्षतामा २१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ , त्यसैगरि प्रदेशका १२ वटै जिल्लामा जिल्ला स्तरिय समिति गठन गरि सकिएको छ । प्रदेशका मुख्य मन्त्रीलाई संरक्षक राखिएको छ ।
प्रदेशका १ सय ९ वटा स्थानिय तहमा पनि समिति गठन गरि पर्यटकीय प्याकेज बनाएर काम अगाडी बढाउने गरि तयारी गरिएको भिजिट नेपाल२०२०को प्रदेश पाँचको सचिवालयका प्रमुख गणेश घिमिरेले बताउनु भयो ।
नेपाल सरकारले सन २०२०लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने गरि गरेको घोषणालाई साकार बनाउन प्रदेश सरकारले २ करोड रुपैयाँ समेत विनियोजन गरेको सचिवालयमा प्रमुख घिमिरेले बताउनु भयो ।
त्यसै गरि नेपाल सरकारले पनि २५ लाख रुपैयाँ सचिवालय र बैठक कार्यक्रमका लागि भनी उपलब्ध गराएको छ । नेपाल भ्रमण वर्ष सन२०२०को प्रदेश पाँचका सह संयोजक नेपालले प्रदेशका १२ जिल्लामा भिजिट नेपाल वर्षको कार्यक्रम संचालन गर्ने गरि कार्ययोजना बनाएको बताउनु भयो ।
उहाँले धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम ऐतिहासिक महत्वका स्थानहरुको पहिचान , संरक्षण सम्वद्र्धन तथा व्यवथापन गरि तिनको व्यापक प्रचार प्रसार गदै आन्तरिक तथा वाह् पर्यटकलाई भित्राउनु नै कार्यक्रमको उद्देश्य रहेको समेत बताउनु भयो ।

≪ Previous Post

गायक मनिषको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक

Next Post ≫

तिलोत्तमा लगानी सम्मेलन घोषणा : उद्योग निर्माणको काम शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क