Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुवा आमा हत्या गरेको अभियोगमा रुपन्देहीमा २८ वर्षिय युवक पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुवा आमा हत्या गरेको अभियोगमा रुपन्देहीमा २८ वर्षिय युवक पक्राउ

संसारपोस्ट संवाददाता · २० मंसिर २०७६ · 0
बुवा आमा हत्या गरेको अभियोगमा रुपन्देहीमा २८ वर्षिय युवक पक्राउ
100
SHARES
ShareTweet


भैरहवा, २० मंसिर । आफ्नै बुबा र आमालाई हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देही प्रहरीले आफ्नै बुवा र आमालाई हत्या गरेको अभियोगमा ओमसतिया गाउँपालिका वडा नम्वर ४ बालापुर निवासी २८ बर्षिय गोरख यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार छोरा गोरखले घरमा बसिरहेको अवस्थामा ७२ वर्षिय बुवा रामनारायण यादव र ७० वर्षिय आमा ठगना यादवलाई खुर्पा प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
बुवा आमाको हत्या संगै गोरखले आफ्नै दाजु ५२ वर्षिय जोगिन्द्र यादवलाई पनि खुर्पा प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुर्पा प्रहारबाट बायाँ हातमा चोट लागेका दाजु जोगिन्द्रको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको छ ।
हत्याको अभियोगमा पक्राउ परेका गोरखले पहिले बावुको हत्या गरेपछि आमाको हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुर्पा प्रहारबाट बुवाको घटनास्थलमै र आमाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । बुवाको हत्या पछि आमामाथि खुर्पा प्रहार गर्दै ग र्दा आमालाई जोगाउन अघि सरेका दाजु जोगिन्द्रमाथि पनि गोरखले खुर्पा प्रहार गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।
बुवा, आमा र दाजु माथि खुर्पा प्रहार गर्ने यादवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकहरुको शव पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको ।
बुवा, आमाको हत्या गर्ने र दाजु माथि खुर्पा प्रहार गर्ने यादवको मानसिक सन्तुलन बिग्रिएको र औषधि सेवन गर्दैआएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरी प्रवक्ता खत्रीले बताउनु भयो ।

≪ Previous Post

भारत्तोलन खेलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा

Next Post ≫

बुटवलमा साहित्य पुस्तक प्रदर्शनी शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क