Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भारत्तोलन खेलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भारत्तोलन खेलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 0
भारत्तोलन खेलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा
80
SHARES
ShareTweet


बुटवल, १९ मंसिर । अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा विश्व च्याम्पियन नेपाली खेलाडी रुप कार्की भारत्तोलन खेलको प्रबद्र्धनका लागि नेपाल आउनु भएको छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका भलवारी स्थायी घर भै हाल अमेरिकाको भर्जिनियामा बस्दै आउनुभएका कार्की नेपालमा भारत्तोलन खेलको प्रबद्र्धन र आफुले सिकेको सिप नेपाली खेलाडीहरुलाई सिकाउन आज नेपाल आईपुग्नु भएको हो ।


आयरल्याण्डको लाइमेरिकमा भएको माष्टर–२ प्रतियोगितामा विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीलाई पछि पार्दै २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल हुनुभएका कार्कीलाई नेपाल आगमन संगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र सम्मान गरिएको थियो । आयरल्याण्डमा कार्कीको जित माष्टर–२ आइपियलको अन्तर्राष्ट्रिय च्याम्पियनको रेकर्ड हो ।
यस्तै कार्की नेपाल आउने क्रममा अमेरिकाको भर्जिनिया बासि नेपाली समुदायले कार्कीलाई हौसला प्रदान गर्दै भव्य विदाई गरेका थिए । भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन बनेसंगै देशको राजधानी काठमाडौं लगायत नेपालका अन्य मुख्य शहरहरुमा भारत्तोलन खेलको प्रबद्र्धन र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्य सहित कार्की नेपाल आउनु भएको हो ।


यस अघि पहिलो पटक विश्व च्याम्पियन बनेसंगै नेपाल आउनु भएका कार्कीले नेपालका प्रधानमन्त्री केप ओलीलाई भेटेर नेपालमा भारत्तोलन खेलको प्रवद्र्धन र खेलाडी उत्पादनका विषयमा छलफल गर्नुभएको थियो भने काठमाडौंमा भारत्तोलन खेलको प्रशिक्षण समेत दिनुभएको थियो ।
यो क्रममा पनि कार्कीले नेपालका मुख्य शहरहरुमा भारत्तोलन खेलको प्रवद्र्धन संगै आफुले सिकेको सिप प्रदर्शन गर्ने कार्यक्रम छ ।


यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै कार्कीले स्वर्ण पदक जित्नुभएको थियो ।
नेपालको खेल इतिहासमा भारत्तोलन खेलमा स्वर्ण पदक जित्ने पहिलो नेपाली कार्की औषधीको प्रयोग (ड्रग टेस्टेड) विना नै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडी पनि हो ।
कार्कीको यो सफलतामा कार्कीकी जीवन संगिनी शोभा सुबेदी, छोरा रुपेश र छोरी ज्योतीले साथ र हौसला दिदै आएका छन् । पछिल्लो समय छोरा रुपेश र छोरी ज्योती पनि आफ्नो बाबुको सिको गर्दै भारत्तोलन खेल प्रति आकर्षित भएका छन् ।

≪ Previous Post

चितवन निकुन्जमा गैडा गणना : भाले गैडा मृत फेला

Next Post ≫

बुवा आमा हत्या गरेको अभियोगमा रुपन्देहीमा २८ वर्षिय युवक पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क