Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली सेना समुदायसंग जोडिएर सामाजिक काम गर्दै छ : पृतनापति खड्का
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली सेना समुदायसंग जोडिएर सामाजिक काम गर्दै छ : पृतनापति खड्का

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 0
नेपाली सेना समुदायसंग जोडिएर सामाजिक काम गर्दै छ : पृतनापति खड्का
110
SHARES
ShareTweet


बुटवल १९ मंसिर
नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका प्रमुख उपरथी सिताराम खड्काले सेनाले समुदायसंग जोडिएर सामाजिक उत्तरदायित्वका काम गरिरहेको बताउनु भएको छ । शान्तिसुरक्षाका अलवा विकास निर्माणमा समेत सेनाले सरकारलाई सघाएको भन्दै त्यस्तै सहयोग नागरिक स्तरमा पुराइरहेको उहाँले बताउनु भयो ।
विपद व्यवस्थापनमा सेनाले महत्वपूर्ण काम गरिरहेको बताउदै उहाँले मुलुकका जटिलपूर्ण विकास निर्माणका कामदेखि विपद्को उद्धारमा सेना सदैव अग्रपंत्तीमा हुने गरेको बताउनु भयो । सेनाले गरेको गतिबिधिका विषयमा कम समाचार बन्ने गरेको उहाँले अनुभव सुनाउनु भयो ।
नेपाली सेनाको आयोजनामा बुटवलमा भइरहेको रक्षा संवाददाता अभिमुखिकरणको बिहिबार समापन गर्दै पृतनापति खड्काले मिडियासंग समन्वयमा सेनाले थप काम गरिरहेको बताउनु भयो । ‘दुर्घटनाको उद्धामा सेनाले महत्वपूर्ण भूमिका निभाएको छ, तर सेनाले गरेको गतिबिधि समेटिएका छैनन्, उहाँले नरपानी अर्घाखाची दुर्घटनाको उदाहरण दिदै भन्नु भयो सेनाको काम त निरन्तर नै रहनेछ, तैपनि खटिनेहरुको उत्साहका लागि खवर पनि आवश्यक रहेछ ।’
नेपाली सेनाले समुदायसंग जोडिने गतिबिधि शुरु गरेको छ । जसका लागि नागरिक समुदायसंग सेना र पत्रकारहरुलाई रक्षा संवाददाता अभिमुखीकरण शुरु गरेको बताउनु भयो ।
सेनाका पृतना, बाहिनी तथा गण गुल्मबाट त्यो कार्यक्रम सञ्चालन गरिएको छ । सेनाले सातै प्रदेशका मुकामहरुमा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण समेत दिएको छ ।
सात प्रदेशका कम्तिमा १ सय ५० पत्रकारलाई रक्षा संवाददाताको तालिम दिइरहेको छ । अहिलेसम्म प्रदेश नम्बर १ देखि प्रदेश नम्बर ५ सम्म सकिएको छ । बिहिबार सकिएको प्रदेश ५ को तालिममा बोल्दै मध्यपश्चिम पृतनापति खड्काले समुदायसंग नजिकिएर सेनाले काम गरिरहेको बताउनु भयो । सेनाले बिभिन्न जिल्लामा नागरिक समुदायसंग छलफल चलाइरहेको समेत उहाँले बताउनु भयो । कार्यक्रममा पत्रकार यमलाल भुसालले तालिमले नेपाली सेना र पत्रकार बीच सम्मधुर सम्बन्ध विस्तार गर्नुका साथै नेपाली सेनाका गती बिधी वाहिर लिन टेवा पुग्ने धारणा राख्नु भएको थियो ।

≪ Previous Post

रुपन्देहीका १६ वटै स्थानीय तहमा समाजवादीको समायोजन हुंदै

Next Post ≫

चितवन निकुन्जमा गैडा गणना : भाले गैडा मृत फेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क