Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीका १६ वटै स्थानीय तहमा समाजवादीको समायोजन हुंदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका १६ वटै स्थानीय तहमा समाजवादीको समायोजन हुंदै

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 0
रुपन्देहीका १६ वटै स्थानीय तहमा समाजवादीको समायोजन हुंदै
80
SHARES
ShareTweet


बुटवल, १९ मंसिर
समाजवादी पार्टी रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहमा पार्टी समायोजन गर्दैछ । तत्कालीन संघीय समाजवादी र नयां शक्ति पार्टीबीच जिल्ला तहसम्म समायोजन भएर नयां नेतृत्व आएसंगै स्थानीय तहहरुमा समायोजन हुन थालेको हो । पार्टीको हालै भैरहवामा सम्पन्न वैठकले मंसिर २३ गते सिद्धार्थनगरबाट समायोजन शुरु गरी पुस १३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको हो । समायोजनका लागि सम्बन्धित पालिकाका केन्द्रीय सदस्य, प्रदेश सदस्य, सांसद र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा गर्नुपर्ने निर्णय भएको समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवले जानकारी दिनु भयो ।
समायोजनका लागि १६ वटै तहका स्थानीय नेतृत्वलाई जिम्मेवारी तोकिएको छ । जस अनुसार सिद्धार्थनगरमा (मंसिर २३) अर्जुन जैसवाल र रविना भण्डारी, शुद्धोधन गाउपालिकामा (मंसिर २६) बाबुराम पाल,ऋषि पाठक,जयशंकर पाठक,तौलेश्वर लोध र प्रकाश खनाल, कोटहीमाई गाउपालिका (मंसिर २७) चन्द्रभुषण यादव,घनश्याम यादव,विनोद यादव,रामअवध पासवान,भानमति बानिया,चिन्कु धरिकारलाई जिम्मेवारी तोकिएको पार्टीका जिल्ला सचिव सोमनाथ शर्माले जानकारी दिए । यस्तै मर्चवारी गाउपालिकामा (मंसिर २८) सुरेन्द्रनाथ मिश्रा,सुनिल जयसवाल,केशवनन्द बानिया,शंकर कलवार,रामअवतार यादव बी,सम्मरीमाई गाउपालिकामा (मंसिर २९) रिंकु शुक्ला र अनरजित यादव,मायादेवी गाउपालिकामा (मंसिर ३०) विमला विक, कृष्णकान्त यादव,हरिश्चन्द्र सैथवार र रामनारायण चौधरीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी सियारी गाउपालिकामा (पुस १) सुशिला थारु,पुरन यादव, गोविन्द यादव, लुम्बिनी सांस्कृतिक नगर पालिकामा (पुस २)अब्दुल मोबिन, श्यामकुमार यादव, गैडहवा गाउपालिकामा (पुस ३) बच्चुलाल केवट, अजयतुल्ला भाट र तुल्सीराम यादव र कन्चन गापामा (पुस ६) गौरीशंकर सोनारलाई जिम्मेवारी दिइएको छ । यस्तै सैनामैना नगरपालिका (पुस ७ ) हरि खड्का, रोहिणी गापामा (पुस ८) घनश्याम सिंह क्षेत्री र सनोज यादव, ओमसतिया गापा (पुस ९) रोहित केवट, देवदह नपा (पुस १०) रमेश चन्द्र यादव, तिलोत्तमा नपा (पुस ११) चन्दन चौधरी र पुरुषोत्तम कंडेल तथा बुटवल उपमहानगरपालिका (पुस १२) वामदेव भुसाल र किरण गुप्तालाई जिम्मेवारी दिइएको छ ।

≪ Previous Post

स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाकोे भूमिका महत्वपुर्ण

Next Post ≫

नेपाली सेना समुदायसंग जोडिएर सामाजिक काम गर्दै छ : पृतनापति खड्का

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क